Saturday, August 17, 2013

done (gajal)


अरु पाएर अघाउँछन्, म गुमाएर अघाएँ।
गुमाउदा गुमाउदा, अगाएर अघाएँ।।
अमिलो हुन्छ भन्छन्, नपाएको अंगुर त्यो अमिलोकोलागी, छट्पटाएर अघाएँ।
सपना लाखौँ देखेँ, लाखौँ चेहेरा हरुको कुनै हकिकत बनेनन्, हरेश खाएर अघाएँ।
भोक तिर्खा को पनी, सिमा हुँदो रैछ भोकाँउदा भोकाँउदा, भोकाएर अघाएँ।
तिमीलाइ पाउन, चारै दिशा खोजी हिँडे कहाँ गयौ कहाँ, म धाएर अघाएँ।


- pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system