Tuesday, December 29, 2015

कोठा / जिन्दगि



रिसर्चरको डेक्सटपमा छरिएका आइकन जसरिनै
छरपस्ट लुगा चारैतिर
टुक्रिएका सपना जस्ता साना साना टुक्रिएका कागज
चारैतिर छरपस्ट , लथालिङ्ग
चाउरी परेका बुढेसकालका गाला जस्तै
चाउरी परेका तन्ना
त्याही माथि घोप्टो परेर रुन लागेको बच्चा जस्तै
गुजुल्टो परेको शीरक

यस्तो लाग्छ मेरो कोठा जस्तै लथालिङ्ग छ मेरो जिन्दगि
लाग्छ मेरो कोठा नै मेरो जिन्दगीको अनि मनको हालको portray हो

एकठाउँ मिलायो, अर्को ठाउँ बिग्रिहाल्छ
अर्को ठाउँ मिलायो, फेरी अर्को ठाउँ
तेसैले सधै ढोका थुनेरै बस्न मन लाग्छ
कोठाको/दिलको
यौटा रहस्य नै होस् जस्तो लाग्छ

हुनत कहिले कहीं पाउना आकल झुक्कल छिरी हाल्छन
मिलाए झैं गरेर टारीदिन्छु
जसरि मनका चित्कारहरुलाई म,
मुस्कान ले ढाकीदिन्छु

तर कहिलेकाहीं मम्मी थाहै नदि कोठामा पस्नु हुन्छ
अनि बेलुका म घर आउँदा कोठा पुरै परिवर्तन भैदिन्छ
ओछ्यान तन्नक तन्किएर मिलेको बच्चाको पुकुले गाला जस्तो
अनि तेही माथि शीरक, हरिया फाँट बाट देखिने मुस्कुराई रहेको हिमाल जस्तो
कोठा मन्दिर जस्तो लाग्छ
जस्तोकि परि आएर जादुको छडी घुमाए जस्तो
अनि सोच्छु
मेरो जिन्दगीमानी थाहै नदि कोहि छिरे हुने नि
मनको सबै लथालिङ्ग तह लगाउने ;)

Sunday, December 27, 2015

तारा दगुर्यो

तारा दगुर्यो
सायद अढिएर सारा जीवन बिताउन सक्किन्न, र
तारा दगुर्यो
सायद चम्किनु बाद्यता हुन्छ, जब सब चमक खोज्छन
तारा दगुर्यो
किनकि चाहने आँखा धेरै छन् , उ एक अः तः
तारा दगुर्यो
सायद आफ्नै तेजले आफैलाई पोल्न थाल्यो र
तारा दगुर्यो
किनकि चम्किने प्रतिस्प्रदा बाट बाहिरिन चाहान्थ्यो
तारा दगुर्यो
सायद एकान्तमा एक्लै हराउन चाहन्थ्यो
तारा दगुर्यो
may be it fell in love and love made it fall

Thursday, December 24, 2015

तितो ओखर

ए साथि तिमि कहाँ छौ?
याद छ नि हिजो हामीले
मिलिजुली
खाएको दाँते ओखर,
दाँतले फुटाइ फुटाइ
ओखर नै ओखर थियो पोल्टो भरि,
अनि भुइँभरि छरिएको.
कसले धेरै टिप्ने भनि
होड बाजी झैं गरिएको।

तर फुटाउदा फुटाउदै दाँत दुख्न थालेको
ओखर पनि घांटीमा कोक्किन थालेको
तर,
त्यसले रोकेन फुटाउन,
बानि झैं पर्न थाल्यो खान पनि,
भोक लाग्न त छोडिसकेको थियो
खाइन्थ्यो प्रतिस्प्रदाको भावले

सायद हामीलाई रोकिनै आएन
सायद हामीलाई यसको सिमाना थाहा भएन
मिठासको हद तोडेर
फुटाउन ओखर नछोडेर
रुदै फुटाइ रह्यौ
ओकल्दै खाई रह्यौ

ओखर त मिठो हुनु पर्ने
तर किन तितो भयो साथि ?

ए साथि तिमि कहाँ छौ?
याद छ नि हामीले मिलिजुली
जिएको त्यो "हिजो"
भोलिको प्रतिक्ष्यामा
भोलिको मिठो कुर्न नसकी
आजलाई तितो मान्दै
घुट घुट पिएको
र भोलिको मिठास कल्पेको
तर लाखौ हिजो बनिसकेका भोलिहरु पनि
किन तितै रह्यो ?
मिठो किन आएन ?

कुकुरले आफ्नै पुछार टोक्न रिंगे सरि
कतै हामि रिंगी रह्यौं कि ?
नभेटिने पुछारको पछि पछि
नियतिलाई दोष दिदै

तितो मान्दै हिडेको त्यो लामो यात्राको टुप्पोमा
कतै मिठो जस्तो लाग्ने मिराज देखेउं कि?
सायद आझलाइ हतारिदै पिउँदा
त्यसको स्वाद लिनै भुलेम कि?

नत्र ओखर त मिठो हुनुपर्ने
तर किन तितो भयो साथि?

ए साथि तिमि कहाँ छौ?
याद छ नि त्यो हिजो हामीले
एकअर्कालाई बुझ्न खोज्दैमा सक्काएको
एकअर्कालाई बुझाउन खोज्दैमा भत्काएको

तर कसैको राम्रोपन चाख्न
ओखरको खोल जस्तो कडापन चिर्दै जानु पर्थ्यो

तर कोहि संग आश गरेको
अनि आश बमोजिम बिस्वास नपाएको
आँखा चिम्लेर आफ्नो मुटु
अरुको हातमा थमाएको
अनि फेरि मुटु कोतारिदेको आबेगमा जर्जराएको
अरुको राम्रोपन नजर अन्दाज गरि
आफुलाई अति जाति देखेको
अरुको सहयोगलाई कर्तव्य ठानी
आफ्नो चाहिं गाडा अक्षरले लेखेको

त्यसैले सायद ओखर जस्तो मिठो सम्बन्द
एउटा प्रश्न चिन्हमै तितो छोडिएको
अनि लाखौ स्नेहले बनेको बाँद
एउटै असमज्दारिले गर्दा तोडिएको

मनमा सधै किन घाउ भै रह्यो ?
सायद त्यो मनमा गहन बिचार थिएनन्
अनि बिचार सधै किन घायल भैरह्यो ?
सायद बिचारमा मन मिल्नै सकेनन

नत्र ओखर त मिठो हुनु पर्ने
तर किन तितो भयो साथि?

ए साथि तिमि कहाँ छौ?
र म कहाँ छु,
तर आझ सोध्न मन लाग्यो

कि त्यो ओखर तेही रफ्तारले फुटाइ रहेछौ?
कि पियिरहेछौ?
"आझ" हरुलाई नाक थुनी घुटुक्क
भोलिलाई मिठासले पिउन?
कि अझै तौली रहेछौ ?
मनको ब्यापारको नाफा र घाटा
कि गनिरहेछौ कोतारियेका मनका दाग हरु?

कि सिकिरहेछौ मैले जस्तै
रफ्तारलाई आरमले रोक्न
आझलाइ सुरुप सुरुप स्वाद लिदै पिउन ,
बिचारले मनलाई हेर्न
बिचारलाई मनले हेर्न

किनकि ढिला कहिले हुन्न रे,
अनि ओखर त सधै मिठो हुन्छ रे ।

Saturday, December 12, 2015

गज़ल


उसले हावा सम्झेर अंगालेको थियो, तर म पानि थिएँ
उसले ढुंगा ठानेर गालेको थियो, तर म पानि थिएँ

म अण्डा थियिन टुट्नलाइ, बिशाल झरना बनि निस्किएँ
भीरबाट मलाई धकालेको थियो तर म पानि थिएँ 

मलाई दाग सम्झेर मेट्न खोज्यो, तर उसको केहि लागेन 
किनकि पानिलेनै पखालेको थियो, तर म पानि थिएँ

ब्यर्थ चिनेझें गरि मलाई, उसले आफैलाई झुक्क्यायो
तेल सम्झेर ज्योति बालेको थियो, तर म पानि थिएँ

उसका तमाम कोसिशहरुले, मेरो अस्तित्व नै बाफियो
उसले फलाम ठानेर पगालेको थियो, तर म पानि थिएँ 

आफ्नो कांया छोडेर म, फेरि नया हुन सक्दथें
उसले नाली सम्झेर फालेको थियो, तर म पानि थिएँ 

प्रमोद

Saturday, December 5, 2015

tequila

मैले तिम्रो लागि, म भित्रको गहिरो तलबाट झिक्न खोजें,  
एक बाल्टी मन। 
तर त्यो चुहिने बाल्टीमा बाँकी रह्यो त,
एक अन्जुली भावना। 
त्यो अन्जुलीमा भावना अटाएर तिमि सम्म ल्याउँदा बस रह्यो, 
केहि छिट्टा कविता ।
आझ लाग्छ छर्किदा तिमि सम्म पुग्यो पुगेन?

Saturday, November 21, 2015

एउटा सम्भावना

रित्तिदै गरेको यो मरुस्थलमा एउटा आशाको किल्कारी गुन्जियो।
उ कुनै अशल बिज बनेर यो धर्तिको माटोमा झर्यो।
एउटा सम्भावनाको उत्पति भयो,
यस्तो सम्भावना जसले यो मरुभूमिमा मरुद्यान बनाउन सक्थ्यो।

उ स्वछन्द थियो,
dandelion जस्ता उसका बिचारधाराहरु थिए।
उ हर उत्तरमा एउटा प्रश्न चिन्ह देख्थ्यो,
उ निराकार थियो ,
कुनै आकारको हुनै सक्थेन ,
त्यसैले उ एउटा सम्भावना थियो।

तर स्वछन्दताको परिधि बाट खोसियो
उसका खुला बिचारधाराहरु।
अनि उसका खुला प्वाख बोझिलो बनाउन,
सुम्पियो छुट्टै अभिभाराहरु।
उसका प्रश्न चिन्हहरु,
विरोधाभासका बोझले iron गरेर
पूर्णबिराम बनाइयो।

उसका निराकार्तालाई आकारको बनाउन,
विभिन्न हात हरु अघि बढे।
हिड्दा लाग्ने ठेसहरु,
अनि बस्दा झर्ने केशहरु,
गन्न सिकाइयो।
असफल भइन्छ थाहा थियो,
तर उसलाई आतिन सिकाइयो।
पिडा हुन्छ थाहा थियो,
तर उसलाई रुन सिकाइयो।
आफ्नो सोच अरुको अधीनमा राखेर,
उसलाई हिड्न लगाइयो।

उ भित्रका इशलाइ बिष पिलाएर,
अनि बाहिर कतै उसका सिष नुगाएर,
निरर्थक किचिर पिचिर बुझ्न लगाइयो।
नियमका अनेक चादर पुझ्न लगाइयो ।

एकादेशमा एउटा सम्भावना जन्मिएको थियो।
तर, यसरि कसैले उसलाई अनुन्याई बनायो।

जीवन त जिउनु मा थियो,
तर केवल उ रथको पांग्रा भयो।
मजा त पिउनुमा थियो,
तर केवल उ खोक्रो गाग्रा भयो।
उ यात्री थियो तर लगामको बन्यो,
केवल कसैको कामको बन्यो,
उसका बाटो बनाउने छ्यमता भगाइयो।
र अरुको पाइला सुङ्ग्दै हिड्न लगाइयो।

एकादेशमा एउटा सम्भावना जन्मिएको थियो।
तर, यसरि कसैले उसलाई कमिला बनायो।

उ भित्र भएका आत्माअनुभूतिलाई
बिष भनेर ओकेल्न लगाइयो।
बालिका बोकाहरुलाई स्वार्थको अग्निमा
सहिद हुदैछौ, भनेर झुक्काइयो।
अनि उसलाई गलाइकन साँचोमा हालेर,
चाहना अनुशारको आकार दियियो।
अब उ गल्नेछ अरुका निमित्त।
अब उ जल्नेछ अरुका निमित्त।

एकादेशमा एउटा सम्भावना जन्मिएको थियो।
तर, यसरि कसैले उसलाई मैनबत्ती बनायो।

कर्तव्य रुपी तिखा ढुंगाहरुमा
कुटिएर, पिटिएर, चुटिएर
उसका गिलापन हरुलाई, पत्रे चट्टान जस्तो बनाइयो।
उसका कोमलतामा धार निकालेर, बहुमुल्य जीवन सस्तो बनाइयो।
आत्माभछ्यक बाटोलाइ क्रान्तिको नाम दिएर,
बाटोमा जे आउछ त्यो छिन्न लगाइयो।

एकादेशमा एउटा सम्भावना जन्मिएको थियो
तर, यसरि कसैले उसलाई तरबार बनायो।

अरुको आकारमा ढल्दा ढल्दै,
उसले आफ्नै आकार बिर्सियो।

त्यो सम्भावना अः तः सम्भावना भइ बिलायो ....

Tuesday, November 3, 2015

...........

अनि म तिमि बनेर आफैलाई हेर्छु
तिमीलाई हेर्दै गरेको आफुलाई देख्छु
यी मौनता मा कुनै संवादहरु छुपेका छन्
जुन आभाका चमकमा चम्किन्छन् र द्रिस्यत्मक हुन्छन

तर चुम्मक जस्ता मस्तिस्क भित्रको खल्बलिमा
फलाम जसरि टालिन्छन् हाम्रा मौनताहरु
भरियाले भारी बिसाए सरि, पानीले बल्ल बल्ल बिसाएका माटाका कणहरु
फेरि नाच्न थाल्छन कुनै सुफी सैलिमा फनन घुम्दै
अनि धमिलिन्छन् पत्रे चट्टान् बन्न नपाउंदै

तर जब म तिमि बनेर मलाई हेर्छु
तब यी आँखामा तिमि बन्ने चाहना देख्छु
र मौनता मा चिचाउछु
म तिमि हो
तिमि म नै हो

किनकि संवाद मा मौनता पोख्ने लाई यहाँ पागल भनिन्छ
अनि पागलको कुरा तिमि सुन्दैनौ
र मौनता मा चिचाउछु
म तिमि हो
तिमि म नै हो

तर धमिलिएको पानीमा आफ्नै प्रतिमा कहाँ देखिन्छ र?
जब आँखा खोल्न नजानी प्रकाश खोजिन्छ, कहाँ भेटिन्छ र?
धमिलो मा संग्लो मिसाउँदैमा, कहाँ संग्लिन्छ र ?
यात्रु थाक्दैमा थालेको यात्रा, कहाँ सकिन्छ र?

त्यसैले फेरि आँखा चिम्लेर गहिरो स्वाश लिन्छु
अनि म तिमि बनेर आफैलाई हेर्छु
तिमीलाई हेर्दै गरेको आफुलाई देख्छु
यी मौनता मा कुनै संवादहरु छुपेका छन्
जुन आभाका चमकमा चम्किन्छन् र द्रिस्यत्मक हुन्छन

तर चुम्मक जस्ता मस्तिस्क भित्रको खल्बलिमा
फलाम जसरि टालिन्छन् हाम्रा मौनताहरु.........

Monday, November 2, 2015

छाल

रोकिन हुन्न भन्थे सबैले, दौडी रहनु पर्छ
देख्दैनस सबको रफ्तार? पौडी रहनु पर्छ

मलाई भने चौतारी मा बसेर, टोलाउन गज्ज़ब लाग्थ्यो
तर हावाले झापु हान्दै भन्थ्यो, चलि रहनु पर्छ

घुटन हुन्थ्यो हरपल, जब बद्यतामा गर्थे हलचल
रफ्तार नै जिन्दगि हो भनेत, म जलि रहनु पर्छ

पिजडा बाट उन्मुक्त चरी फेरि उड्न कसरि सिकाउँ?
कैलेकहीं म आफै मनको कैदमा, अल्झी रहनु पर्छ

आवाज आफै आउछ, जब मनमा सन्नाटा छाउँछ
तब निसब्द हुन्छु जब, म बोलि रहनु पर्छ

के को खोज मा छटपटिदैछु, मलाई थाहाछैन
बस यति थाहा छ  हजुर, केहि खोजि रहनु पर्छ

सबैलाई सन्तुस्ट पार्न खोज्नु, पनि  रोगनै रहेछ
कसैको मलम बन्न, कोहि दुखि रहनु पर्छ

कहिले कहीं त लाग्छ म नै, मेरो बिद्वन्शकारि हुँ
जब बद्यताको नाममा आफुनै आफ्नो, बन्दि रहनु पर्छ

तब तन्किदा तन्किदै यी ओठ दुख्न थाल्छन
जब हो मा हो मिलाएर यस्सै, हाँसी रहनु पर्छ

प्रमोद

Sunday, October 18, 2015

तिम्रो उपस्थिति

तिमि यस्तो थोपा जसमा सिंगो सांगर अटाउछ,
तिमि यस्तो ज्योति जसको अघि सुर्य बिलाउछ

आउंदै गर,
किनकि तिम्रो उपस्थिति
अकस्मात मेरो मनको चारैतिर टेको अनि बस्छ,
अनि बल्ल थाहा हुन्छ मेरो मन चर्कदै थियो|
आगोको बानि परिसकेको म मा चिसो बताश पनि पस्छ,
अनि बल्ल सितलताको अस्तित्व बोध हुन्छ |

आउँदै गर,
तिमि भित्र बाट आउने आभाका किरण मार्फत
मलाई photosynthesis गर्न देउ,
धेरै भयो मेरो आत्मा भोकै रहेको,
आझ तिम्रो आभास मार्फत यसलाई तृप्त हुन देउ |

आउँदै गर,
तिम्रो उपस्थिति एउटा ऒत बनि आउँछ,
अनि बल्ल थाहा हुन्छ म अशिना पानीमा रुज्दै थिएँ |
तिमि अकस्मात मैले हराएको बस्तु सरि आउँछौ,
अनि बल्ल थाहा हुन्छ मैले केहि खोज्दै थिएँ |

यस्तो लाग्छ हामि बीच एउटा अदृश्य तार छ |
अनि ति तार बीच संवादको आफ्नै रफ्तार छ |
तिम्रो उपस्थितिले मेरो मुख मा पट्टि लाउछ,
र मनको ऒठ फतफताउन थाल्छ |

पर्ख!!!
एकैछिन यो आँखाले तिम्रो चल्द्रिस्य पिउन देउ,
यी आँखाका माध्यम बाट यो दिल रुझाउन देउ |
तिमि कसरि हेर्छौ, कसरि बोल्छौ, कसरि हिड्छौ
यी सब मेरा सम्झनाका रेफ्रीजिरेटर भित्र कैद हुन देउ |

किनकि जसरि पृथ्वीले चन्द्रमालाई हुलाकी बनाएर,
सुर्यको धिपधिपे प्रकाश रातमा पनि लिन्छ |
त्यसरीनै तिमि गए पश्चात येही सम्झना मार्फत ,
तिम्रा मलिन आभा म लिईराख्छु |

यस्तो भन्दा तिमि यस्तो भन्थेउ,
तिमि यस्तो गर्थ्येउ इत्यादि ...

किनकि तिमि फेरी जान्छौ,
जसरि त्यो डाँडाको इन्द्रधनुस आँखालाई लोभ्याएर जान्छ ,
जसरि जाडोको रापिलो घाम ताप्न नपुग्दै अस्तायेर जान्छ,
किनकि म सितारालाई केवल देख्छु तर अंकमाल गर्न सक्दिन,
तेसैले यी आँखा भरि जति अटाउछन, अटाउन देउ|

अनि आउँदै गर,
तिमि भित्र बाट आउने आभाका किरण मार्फत
मलाई photosynthesis गर्न देउ ,
धेरै भयो मेरो आत्मा भोकै रहेको,
तिम्रो आभास मार्फत यसलाई तृप्त हुन देउ|
~Pramod~


Friday, September 25, 2015

गज़ल


मान्छे कोहि ठुलो भाउले बनेको
कोहि छन् घाउनै घाउले बनेको

कोहि छन् मुहार बाटै हृदय बुझ्ने
तिनको मन तलाउले बनेको

कोहि छ न्यानो तर पोल्दै जाने
झुक्काइ जलाउने दाउले बनेको

जहाँ जान्छौ उही माटो मग्मगाउछौ
तिमि आफु हुर्केको गाउँले बनेको

केवल भीड लाई मात्र सुनाएपनी
भावना हो तिम्रै नाउँले बनेको

प्रमोद के.सी.

Tuesday, July 21, 2015

मेरो चाहना

मेरो चाहना रुद्रभिसेक हुदै गरेको जल |
अनि तिमि शिवलिङ्ग |
जलाधार भएको बर्सौं बिते पनि,
तिमि हुदै बगेको तर तिम्रो हुन नसकेको |
मेरो चाहना रुद्रभिसेक हुदै गरेको जल|

मेरो चाहना सिशाको पिजडामा कैद चरी|
अनि तिमि खुला आकाश |
लाखौ चोटी पखेटा फिजाएपनि ,
सिशामै ठोकिएको,
तिमीमा आफ्नो पंख फिजाई आलिङ्गन गर्न नपाएको,
मेरो चाहना सिशाको पिजडामा कैद चरी|

मेरो चाहना धर्ति चुम्ने हेतुले झर्दै गरेको बादल|
अनि तिमि यो सुन्दरी धर्ति,
तिम्रो काखमा झर्न नपाउदै पग्लिएको ,
अनि अन्तमा एक झरी|
मेरो चाहना धर्ति चुम्ने हेतुले झर्दै गरेको बादल |

Sunday, July 19, 2015

गज़ल

गज़ल

चन्द्र पाएपनि मैले, दाग मात्रै छुन पाएँ
सुर्यै पाएपनि केवल, आग मात्रै छुन पाएँ

धेरै पर देखि आएँ, तिमीलाई पाउन भनेर
तर कसैले छोडेको, भाग मात्रै छुन पाएँ

तिम्रो दिल कसैले फोरेछ, जे थियो सोरेछ
मैले त सिन्दुर अनि, माग मात्रै छुन पाएँ

चाहना थियो तिम्रो आत्मामा डुब्कि लाउने
कोहि प्रतीका तिम्रा, अनुराग मात्रै छुन पाएँ

प्रमोद

Saturday, July 18, 2015

गज़ल



तिमीलाई रुझाउने त्यो झरी, इर्श्या लाग्छ किन म हुन सकिन
तिमीलाई छुन्छ हावा मनपरी, इर्श्या लाग्छ किन म हुन सकिन

त्यो भिडबाट तिम्रो नयन चार, को हुन्छ हरबार पर्खार
जब हुन्छन कोहि तिम्रो वरिपरि, इर्श्या लाग्छ किन म हुन सकिन

अप्ठेरो यो घेरो छोडी, तिम्रो समिप पुग्न यो सिमा तोडी
तिम्रा नजर तान्ने ति सुन्दरी, इर्श्या लाग्छ किन म हुन सकिन

तिम्रा सब्दमा आफुलाई खोज्छु, खै किन यस्तो भ्रम रोज्छु
तिम्रो कविताको पंक्ति भरि, इर्श्या लाग्छ किन म हुन सकिन

Friday, July 3, 2015

sirsak bihin

आफ्नै तालमा बगिरहेकी त्यो बर्खे खोलिलाई
उडाउने सपना देखाउछ त्यो रापिलो असारे घाम
तछाड मछाड गर्दै घामको आलिङ्गन मा बेरिनलाइ
उड्छन बाफ बनि, आफ्नो अस्तित्व बिर्सिदै ..

अनि उड्दा उड्दै उड्नु पनि बाद्यता बन्छ
तर त्यो घाम कहिले भेटिदैन
र त्यो खुला आकाश मै जमेर आफ्नो सन्तुलन खोज्न थाल्छन
एउटा यस्तो अर्को बादल जसले उसलाई थामोस
तर त्यो बादल कहीं भेटिदैन

सन्तुलन खोजिरहेका ति बादल
अन्तमा असन्तुलित भै एक अर्कालाई च्यात्न थाल्चन
रगतपिछे बनाइ
बर्खाको पानीमा समथल भुइमा लुकेर बसेका घाउ हरु देखिन्छन
हिलाम्मे भएर
अनि रगत कुलो लाग्छन बर्खे खोलि भएर

आफ्नै तालमा बगिरहेकी त्यो बर्खे खोलिलाई
उडाउने सपना देखाउछ त्यो रापिलो असारे घाम
तछाड मछाड गर्दै घामको आलिङ्गन मा बेरिनलाइ
उड्छन बाफ बनि, आफ्नो अस्तित्व बिर्सिदै ..

Thursday, July 2, 2015

gazal

मरभुमिमा जल ..भेटीए झै भेटियौ
हरेसमा बल.. भेटीए झै भेटियौ 
एक्लोपनको आगोले, जलाउंदै थ्यो मलाइ
अनायासै दमकल, भेटीए झै भेटियौ 
अल्झी रहे थिएँ कतै, हात दियौ तिमीले
समस्यामा हल, भेटीए झै भेटियौ 
लाग्थ्यो स्वार्थी संसारमा, आशल भेटिन्नन्
हिलोमा कमल, भेटीए झै भेटियौ

Monday, April 20, 2015

सरिर अनि सुन्यता(gazal)

तारा हेरी टोलाएको यो सरिर अनि सुन्यता
ताराले कोरेको आकासको लकिर अनि सुन्यता

पूर्व बाट आउने अनि पश्चिम बाट अस्ताउने
देख्छु त्यो सुर्य भन्ने फकिर अनि सुन्यता

कहिले काहीं आमा चिना हेर्न लान्छिन
तारा द्वारा कोरिएको लकिर अनि सुन्यता

जति फुत्किन्छु भन्यो उति अल्झिराखने
उस्तै लाग्छ मलाई यो जन्जिर अनि सुन्यता

Friday, April 17, 2015

all i wanna be is

i want to be all those happiness u desire 
everything u need to colour your life
BUT 
at first,
all i wanna be is
toothache of yours
and come out into life, 
like a relief you got
from labour pain u went through……..


हिन्दै गरेको कमिला

#11elevenpoetrychallenge 7/11 #30poemsin30days poemno16 day17
कमिलाको ताँतीमा हिन्दै गरेको कमिला
तैरिदै त्यो पातिमा हिन्दै गरेको कमिला

हिड्ने पर्ने कर बोकी हिदिरहेछु हर पल
दिनमा अनि रातिमा हिन्दै गरेको कमिला

आझ चरी टिप्दैछ टुपू टुपू कमिला
भोलि उसकै छातीमा हिन्दै गरेको कमिला

Wednesday, April 15, 2015

साँझ, तिमि, अनि गाडीको सवार

11:11 poetry challenge prompt "anything inside vehicles"
साँझ, तिमि, अनि गाडीको सवार

यो कुदिरहेको गाडी
यो कुदिरहेको दिमाग
गाडीमा सवार म
दिमाग मा सवार तिमि
तिमिमा सवार मेरा चाह
चाहमा सवार बिडम्बना
उफ........

मेरो छेउको खालि सिट
मेरो दिलको खालि सिट
कन्डक्टर आँतुर सिट भर्न
म आँतुर तिमीमै मर्न

झ्यालबाट देखिने दुइ बादल
बादलको बिचमा पूर्ण चन्द्र
कल्पनाले बादलमा पिङ्ग लगाई
मच्चायो हामि दुइलाई
चन्द्रमा तिर अनि फेरि पर
मेरो बालसुलब कल्पना
उफ..........

सिटको पछाडी कसैले
लेखेको "i love you"
तेस्मै थप्दिन मन लाग्यो तिम्रो नाम

अनायास यात्रुले भरिएको बस जस्तै
बोजिलो मेरो मन
जाडोको पौने ६ को कालो साँझ जस्तै
कालो मेरो मन

यो जामले आँतुर यात्रु
तिम्रो यादले आँतुर म
सरिर आँतुर घर पुग्न
मन आतुर तिम्रो हुन

कल्पनालाई short commercial break दिन
कन्डक्टर भाडा माग्छ
मेरो गन्तव्य आउँछ
कुंदिराहेको गाडी टक्क रोकिन्छ
कुदिरहेको दिमाग कुदिनैरहन्छ
गाडीमा सवार यात्रु ओर्लिन्छ
दिमागमा सवार तिमि रहिरहन्छौ



Tuesday, April 14, 2015

lump of atoms

like when atoms are promoted to its 
higher orbitals (exited state)
it drops back again to  
lower stable level  

dear science you are right 
i am just  lump of atoms
"inspiration" only promotes me to 
higher orbitals for a while
and i come back to stable state
with a poem on my hand
after all i am just lump of atoms

11:11 poetry challenge prompt : "inspired by that word inspiration."

Monday, April 13, 2015

ति गल्लिहरु आइ घेर्छन मलाई एक्कासि...........


ति गल्लिहरु आइ घेर्छन मलाई
एक्कासि ... एक्कासि ..
चिने झैं गरि हेर्छन मलाई
एक्कासी .. एक्कासी ..

कहिले कुनै सडकलाइ अंगालेका छौ?
कुनै खम्बामा मुटु गालेका छौ?

कैले तै भैयाको पानिपुरिले ..
कैले हाम्रो छाता उडाएको हावा हुर्रिले ..
कैले तछाड मछाड गर्ने त्यो फोटोकपि पसल.
कैले बानेश्वोरको क्याफे र चिया पसल
हाम्रो सौप सक्ने कम्पिटेसन
पाटनको एग्जाम पछिको रिफ्रेशमेन्ट
म एक्लै हिडेको बेला
सोद्छन एक्कासि
सायद तिमीलाई पनि
खोज्छन एक्कासी

तिमि संग रिसाएर एक्लै गनगनाउदै हिडेको बाटो
अनि कैले तिमि रिसाएकोलै फकाउदै हिडेको बाटो
जब एक्लै हिड्नु पर्छ
म आखा चिम्लेर तिमीलाई हेर्छु
अनि तिमि सिंगो आकाश बनेर मलाई हेर्छौ

हाम्रो बारम्बार एग्जाम सेन्टर पर्ने एक्मीका गल्लि
अनि हाम्रो किताबले सातो खाएको नाजुक हल्ली खल्ली
एउटा चल्द्रिस्य सरि आखा वरिपरि चलि रहन्छ
अनि पीडादायक काउकुतीले मनै हल्लिन्छ

तर अब सबथोक सकिएको अवस्था
ति हर ठाउँ एउटा कंकाल बनेर
झस्काई रहन्छन मलाई
त्यसैले,
कहिले त यस्तो लाग्छ
हामि संग जोडिएका हरेक ठाउँ
येउटै माला बनाएर अटाउँ
अनि हामि सबै तेस्लाई एकैचोटी लाउँ
ताकि कोहि फुत्केर जानै नसकोस
#eleveneleven poetry challenge day 3 *prompt "write a story about the place"
pramod

Sunday, April 12, 2015

शरीर किन्दा आत्मा सित्तैमा

11;11 poetry challenge prompt (advertise yourself as a product)
कैले काँही लाग्छ जिन्दगी सोरुम हो मान्छे आफुलाई चिनाउदा चिनाउदै थोत्रिन्छन्, झुत्रिन्छन् कसैले अपनाउने आशमा नमस्कार मेरो शरीरको नाम प्रमोद शरीर किन्दा आत्मा सित्तैमा जिउ भ्यात्त भए पनि मन आकर्शक छ बोली ले रिपेल गरे पनि औरामा चुम्मक छ प्रयोग गरेर हेर्नुस् पछुताउनु हुन्न साथ चाहिए साथी बन्दिम्ला आड चहिए भित्तो पाएको भन्दा ज्यादा दिम्ला मन कमलो भए पनि साथ टिकाउ छ लाइफ टाइम ग्यारेन्टी तपाईं अघाउनु होला म अघाउदिन प्रयोग गरेर काम पुगेसी निर्धक्क फ्याल्न सक्नु हुन्छ मेरो मन त दुख्छ तर बानी छ धेरै फ्यालीएको छु ल हेर्नुस् आसुँ पनि लुकाउन जान्याछु मुस्कुराउन नि जान्याछु आसल साथी बन्दिम्ला साथ त मलाई नि चाहिन्छ तर पाउछु केबल फल टिप्ने दिने कम नै पाउछु तर धन्ना नमान्नुस् , म दिरहुला अनी सुन्नुस् मेरो भाउ महँगो पनि छैन मायामा बिक्छु देखावटी नै किन नहोस्

Saturday, April 11, 2015

पैसा संग साँटेर (gazal)

अलि अलि खुसि खाएँ पैसा संग साँटेर
अलि अलि खुसि लगाएँ पैसा संग साँटेर

चन्द्रमानै पुगे पनि बादलुलाई चिरेर
जति पाएँ कमै पाएँ पैसा संग साँटेर

अगाएझैं गर्नु अब कर जस्तो बन्न थाल्यो
सबले भने म अघाएँ पैसा संग साँटेर

संसार कागज बन्यो जब कागज संसार बन्यो
पाउनु भन्दा गुमाएँ पैसा संग साँटेर

दिनेले त यसै दिन्थे बिना कुनै स्वार्थ
केवल कृतिम माया पाएँ पैसा संग साँटेर

Friday, April 10, 2015

gazal (सुरु पनि बनायो, संघार पनि बनायो)

सुरु पनि बनायो, संघार पनि बनायो
सुन्य पनि बनायो, संसार पनि बनायो

यो कस्तो भुल भुलैया मा भुलायो
बन्धन पनि बनायो, बाहार पनि बनायो

सबैलाई एकअर्कामा, निहित बनाउन
भोक पनि बनायो, आहार पनि बनायो

के चुन्न  चाहन्छौ, तिमिनै चुन भनेर
हार पनि बनायो, प्रतिकार पनि बनायो

हराउछन हराउनेहरु , पुग्छन तर्नेहरु
समुन्द्र पनि बनायो, किनार पनि बनायो

बास्तविकता कुन रंगको हुन्छ होला ?
उजेली पनि बनायो, अन्धकार पनि बनायो

Thursday, April 9, 2015

chari (non gazal)

अण्डाबाट निक्लीएर जब ची ची गरि चरी
माउले भनिछ ची ची गरेको मिलेन यसरि

जब पखेटा पलाए चरीले फटफटाउन थालि
हावाले भनेछ फटफटाको भएन ए चरी

एकदिन पहिलो चोटी उडेर यौटा रुखमा पुगीछ
रुखले पनि चरीलाई उडेको भएन भनिछ

हिम्मत हारीछ चरी अनि भुइमा लडिछ
भुँइले पनि चरीलाई लड्न आउदैन? भनिछ

अनि संसार देखेर त्यो चरी दङ्ग परिछ
अब कसैको केहि नसुन्ने प्रतिज्ञा गरिछ

Wednesday, April 8, 2015

खै प्रेम हो कि धोका

तिमीले दियौ, मैले लिएँ, खै प्रेम हो कि धोका
समयलाई छोडिदिएँ , खै प्रेम हो कि धोका

जाच्न डर लाग्छ मलाई, तिम्रा प्रेमिल सब्दहरु
आँखा चिम्ली घुट्ट पिएँ , खै प्रेम हो कि धोका

निस्कर्स बिना टुंगिएको, हाम्रो सम्बन्धको कथा
आझ अचानक सम्झिएँ, खै प्रेम हो कि धोका

छोडु भने लड्ने डर, समाउ भने फस्ने डर
यो कहाँ आएर अल्झिएं, खै प्रेम हो कि धोका

प्रेम तितो बिष हो कि, धेरै खाएको गुलियो?
आझ खाँदा खाँदै आतिएँ, खै प्रेम हो कि धोका

Tuesday, April 7, 2015

gazal

बर्शातले माटोमा परिवर्तन ल्याएको थियो
समयले खाटोमा परिवर्तन ल्याएको थियो

आँटीले फाडेर चारकोशे झाडिहरु
अप्ठेरो बाटोमा परिवर्तन ल्याएको थियो

जब तयार भए सब, अँधेरो मेट्नलाइ
उज्यालोले साँटोमा परिवर्तन ल्याएको थियो

जब खाडल हरुमा रोशनी भरियो
चन्द्रमाले टाटोमा परिवर्तन ल्याएको थियो

जब अत्याचारले सबै सिमाना नाग्यो
नबोल्ने लाटोमा परिवर्तन ल्याएको थियो

Monday, April 6, 2015

gazal (ma jo chahanchu)


म जो चाहन्छु त्यो खरानी हुन्छ
म जो चाहन्छु त्यो  रानी हुन्छ

हरपल मस्तिस्कमा ठाउँ ओबट्ने 
म जो चाहन्छु त्यो  बानि  हुन्छ

साथ् पनि भीकमा दिए जस्तो गर्छ  
म जो चाहन्छु त्यो  दानी हुन्छ

कि त उडी जाने, कि त बगी जाने 
म जो चाहन्छु त्यो पानि हुन्छ

हरपल नजिक भएर पनि 
म जो चाहन्छु त्यो बिरानी हुन्छ




Sunday, April 5, 2015

gazal भेटिन्छौँ

किन होला हामी यस्तै ..संघारमा भेटिन्छौँ
एक नहुने दुई बेग्लै ... किनारमा भेटिन्छौँ

नजर मात्र एक .... स्पन्दन सधैं अलग
किन होला यो पार र..उ पारमा भेटिन्छौँ

आकाशको र धर्तिको...हुन्नरे कैले मिलन
कैले होला हामी एउटै..संसारमा भेटिन्छौँ

गित अलग, संगित अलग, त्यहीपनी एक
सायद हामी यस्तै.. झन्कारमा भेटिन्छौँ

Pramod
Day 4 #30poemsin30days


gazal भन्थी

कमजोरीलाई तागतको... जरुरत हुन्छ भन्थी
अन्धेरिलाई उजेलिको.. अवगत हुन्छ भन्थी

थोपा थोपाको पर्खाइमा.. जीवन व्यतित गर्दिनथी
उ थोपा मा नै समुन्द्रको.. तागत हुन्छ भन्थी

एक काटिए अर्कोलाइ... दुख्नु पर्छ अरे
सबै भित्र तिम्रो पनि ..रगत हुन्छ भन्थी

आफै बाटो बनाउन ...कम अग्रसर हुन्छन
सरलतामा मात्र सबको... बहुमत हुन्छ भन्थी

अरुलाई पर्दा यस्तै ... भनेर सम्जाउथि
आफु पर्दा "लौ न अब... आपत हुन्छ" भन्थी

प्रमोद

Friday, April 3, 2015

gazal (samaya)

चाहे तिमि रोउ मुस्कुराईरान्छ समय
चाहे दौड नदौड दौडाइरान्छ समय

जब सम्म सिक्दैनौ, पार गर्न दुविदा
उही घटनाक्रम दोहोराईरान्छ समय

ढिला कहिले हुन्न अरे आट गरि हेर
बिन बोलवा यत्तिकै आईरान्छ समय

जीवन दौड मान्नेलाई तड्पाईरान्छ समय
फुर्सद हुने हरुलाई सताईरान्छ समय

मरेपछि अकशमाथ साथ् छोडीदिन्छ अरे
बाचुन्जेल तिमिसंगै आइरान्छ समय

धैर्य साथ् बग्नेहरु अवस्यनै पुग्नेछन
तिमि हेर्दै जाउ देखाईरान्छ समय

अनित्य छ अमर छ सायद यहि हो इश
चाहे संसार अस्ताओस उदाईरान्छ समय

#30poemsin30days

Sunday, January 11, 2015

जरुरि छ (gazal)

जीतको हार जरुरि छ
अनित्यको संघार जरुरि छ

त्रिप्तको त्रिप्तता खोसेर
प्यांसीलाइ उपहार जरुरि छ

भागदौड बाट सांश लिई
गहिरो बिचार जरुरि छ

खरायोलाई आराम जरुरि छ
कछुवालाई रफ्तार जरुरि छ

गुनासोको सिलसिला रोकेर
कहिलेकाहीं आभार जरुरि छ

बुज्नेछ उसले हलुङ्गो के हो
काँधलाई भार जरुरि छ

Pramod kc

Disqus Shortname

Comments system