Friday, March 10, 2017

taquilla

जहाँ, 
बाध्यताले सिर दबाउछ 
यथार्तले हात समाउछ 
कर्तव्यले जन्झिर लगाउँछ 
त्यहा,
इक्षा, दिवा स्वप्न हुन्छ
आकांक्षा , रात्रिको लोहोरी हुन्छ
चाहना, छोडिएको बाटो हुन्छ

सित्तैमा परेको चिट्ठा

तिमीलाई पो सित्तैमा पाएँ
भर्दै नभरेको चिट्ठा परेको जस्तो
तिमीलाई पो नमागी पाएँ
मेरै लागि भगवान झरेको जस्तो
कहिले काहीं त अमुल्य कुरा पनि
क्या सित्तैमा पाइने,
अनि त्यो बहुमुल्य कुरा बाट बहुमुल्य माया
एकछत्र बर्सि रहने
घरबाट बाहिर निक्लेपछि त म
भीडकै यौटा भाग त हो नि,
माया पनि त्यतिनै पाउछु
यो लवजले जति बोलेर कमाउछु
तिमिलाइ पो रिजाउनै पर्दैन
जति बिजाउने बोलि झिके पनि
झन्नक्क झंकिन्छेउ , फेरि भुलिहाल्छेउ
फरक येति रिसाउदा, ला गिच भनेर थप्दिन्छेउ
खुसि हुदा, खान्छा खाउ भनेर थप्दिन्छेउ
आफ्नो भाग रहोस नरहोस् ..
घर बाहिर त उइ हो नि निक्लेपछि
मुस्कुराए मुस्कुराहट उत्तरमा पाउछु
रिशाये, जा मर खालको ब्यबाहार पाउछु
कहाँ स्वतन्त्र हुन्छु र तिमि संग जस्तो
आँशु बहौदै हिडे भने नि बाटो भर
तेही बिहानीको सीत नै पग्लियो
हिड्दा हिड्दै द्यंगा ढलिहाले पनि
भीडको यौटा कमिला नै किचियो
तिमि पो हौ त यत्तिकै मुख हेरेरै अलंकार बुज्दिन्छेउ
"ह्या केहि भाछैन" भन्दा पनि, भाको अड्कल काटी हाल्छेउ
मैले T. V. को हेड लाइन देख्दिन भन्दा त, तिम्रो मुहारको रंग फेरिन्छ
 म आझ फेन्ट भएर आको भन्दा तिमीलाई झन् के हुन्छ?
तिमिपो हौ त मेरो हासो हेरेरै सन्तोष हुने
नत्र यहाँ मान्छेलाई सन्तोष बनौन कति गारो छ
टाउकेइ काटेर खुट्टामा राखेनी,
रगत किन थोरै भन्छन
यति निकट कसको अब कहिले भइन्छ र
तिमीले पो मलाई आफै भित्र बनाएर निकालेउ
अरु संग त जोडिन पनि
समय नै समय को उपहार चाहिन्छ
फेरि, उनीहरुले चाहेको ब्यबाहार चाहिन्छ,
तिमि संग पो निस्फिक्री , तनको सिक्री फुकाएर फिजिन पाउँछु
मलाई देउता देखे जस्तो गर्छेउ
घर पुग्न पाको हुन्न,
चिया लिएर ढोकामा आइपुग्छेउ
मेजमानी गर्छेउ, मिठो नमिठो छानछेउ
मलाई पोल्ने कुनै कुरा सुनाए भने, तिमीलाई चौगुणा पोल्छ
म बिर्सिन्छु तिमि बिर्सिन्नौ
तिमीलाई फकौना थाल्नु पर्छ
अनि तेसैले कैले त सुनाउन नि मन लाग्दैन
समय त हुन्छन, बेला बेला
नयन ले अरु कोहि खोजि रहन्छन
तर यस्तो समय पनि बेला बेला आउँछ जब लाग्छ
 मलाई किन कोहि चाहियो र , जब मेरी ममु साथै छिन्...

....

पश्चिम हुदै पूर्व नताशा बताश चलिरहेछ,
 पुर्व हुदै पश्चिम यौटा रवि जलिरहेछ..
हावाका कण हरु बीच यो कस्तो प्रेम होला?
एकपल संगै अनि अर्को पल अन्तै बगिरहेछ..
रबिका कण हरु बीच यो कस्तो प्रेम होला?
यसरि साथ छ कि , हरपल जलिरहेछ..
अब्रव अभिनव प्रेमी, हावाका कण झैँ जोडिदैछ्न,
यसरि साथै छन कि, रविका कण झैँ हुदैछन..
रात्रिले मिथ्या ओडेर यस्तो भ्रम सुइकारिरहेछ,
कि सारा संसार भिन्न नभई, उ भित्र बिलाइरहेछ..
फेरि निलिमा बाट तेजवान ललाट चिहाउनेछ,
अँधेरोमा घुल्न नमानेका अस्तित्व देखाउनेछ ..

feel

कैले समय मिलेन,
कैले समय मिलाइन,
कैले तिमि भएनौ,
कैले म भैन,
कैले डरले खायो, 
कैले लाजले लुकायो,
म तिम्रो अघि पर्नै सकिन
कैले करले पुर्यो
कैले रहरले पोल्यो
भावनाले भरियें
होश रहेन
बोल्नु त थियो
तर जिब्रो रहेन
म तिमि संग बोल्नै सकिन
निशाना साधें
फेरि दिशा मोढे
आफैले आफैलाई
तिमि बनेर जाचें
मेरो हैस्यतको हैन ठानें
सोचहरु को बुल्बुला बन्यो
बस कल्पना मात्र ठुला बन्यो
आखिर गयौ, तिमि सम्म पुग्नै सकिन

Wednesday, March 8, 2017

कल्पना

यस्तो भैदिएको भए यस्तो हुन्थ्यो
त्यस्तो भैदिएको भए त्यस्तो हुन्थ्यो
प्वाँख भैदिएको भए आकाश छुन्थ्यो
आकाश छोएको भए मन किन रुन्थ्यो

कल्पनामा डुबीरहें , कल्पनाले डुबाइरह्यो

कोहि भैदिएको भए, केहि हुन्थ्यो
केहि भैदिएको भए , कोहि हुन्थ्यो
बोलि भैदिएको भए, झोली हुन्थ्यो
झोली भैदिएको भए, भरि हुन्थ्यो

नभएको सम्झिरहें, नादेखिनेलाई हेरिरहें

किनार भैदिएको भए नदि हुन्थ्यो
नदि भैदिएको भए किनार हुन्थ्यो
म फूल भैदिएको भए , भमरा हुन्थ्यो
उसलाई आहारा, मलाई साहारा हुन्थ्यो

केवल कल्पिरहें ,आशमा अल्झिरहें

साहश भैदिएको भए, साश हुन्थ्यो
आवास भैदिएको भए, आश हुन्थ्यो
यो बाटो नभएको भए, त्यो बाटो हिड्थें
त्यो बाटोमा म झन्, कहाँ पुगीसक्थें

केवल सम्भावना केलाई रहें, चाहना बुनिरहें 

Thursday, March 2, 2017

मेरो माया लुक्नै सकेन

मेरो माया लुक्नै सकेन,
कति चोटी आँखा फेरें,
सायद पकड्छौ आँखामा प्रेम भनि।
कति चोटी बोल्नै रोकेँ,
कि कम्पन ले बुझ्छौ भनि।
तर लाखौ कोसिस गरे पनि,
मेरो माया लुक्नै सकेन।

तिम्रो बारेमा कसैलाई सोध्नु पर्यो भने,
पहिले पाँच अरुको सोधेर, अनि सोध्थें ।
त्यहि पनि थाहा पाउँछन कि भनि,
चासो नदिए झैं गरि सुन्थें।

तिमीलाई नदेख्दा म,
चारै दिशा खोजि हिद्थॆ।
देखे पछि अनि तिमीलाई,
देख्दै नदेखे झैं गर्थें।

तर तिम्रो प्रेम तलाउमा,
झुक्किएर खसेछु,
यस्तरी नित्रुक्क भिजेछु कि
नदेखाएर नि सबले देखे,
नबुझाएर नि सबले बुझे
सिबाय तिमीले ....

तिमि कस्तो कुण्ड जस्तो छौ

तिमि कस्तो कुण्ड जस्तो छौ,
जहिले चाह्यो डुब्कि लाउन मिल्ने।
जति चाह्यो डुब्कि लाउन मिल्ने।
गहिरो..... अति गहिरो
जहाँ जति होस्, कण्ठमा रहेको काल्कोट बिष,
झ्वास्स भएर, तिमीमै परिणत हुने।।

कहीं पहाड को काखमा,
जहा कंक्रिट चड्न सक्दैन,
जहाँ चाहेर पनि सहर बस्न सक्दैन।
निश्चल , मनोरम , शीतल,
जहाँ  छोएर बग्ने पवन पनि,
कुण्डकै अंग जस्तो लाग्छ,

तिमि त्यस्तै कुण्ड जस्तो छौ.....

तिमि कस्तो, कुण्ड जस्तो छौ,
यहाँ जे प्राचिन बाकि  छ, त्यो तिमि हौ,
तिम्रा थोपा थोपामा कथाहरु बुनिएर बसेका छन्।
कुनै थोपा, हिमाल को चुचुरा बाट देखिने सुन्दर मनोरमा
बोकेर आएका छन्।
कोहि वनको माजमा रहेको मुहान बाट,
नदि हुदै यहीं आएर मिलेका छन् ।
कोहि क्षितिज पग्लिए पछिका, सेश बनि बसेका छन् ।
कोहि प्याश मेटाउन आएका बटुवाको, पशिना बनि खसेका छन...

यहाँ जे प्राचिन बाकि छ, त्यो तिमि हौ....

त्यसैले तिमि कुण्ड जस्तो छौ
जहाँ,
जहिले चाह्यो डुब्कि लाउन मिल्ने,
जति चाह्यो डुब्कि लाउन मिल्ने,
गहिरो अति गहिरो।
जहाँ जति होस् कण्ठमा रहेको काल्कोट बिष...
झ्वास्स भएर, तिमीमै परिणत हुने...

यसलाई पिडा भनिन्छ

छातीलाइ व्यथा लाग्छ,
देब्रे पाटोमा अलिक जोडले ,
कुनै यौटा अन्तरिक्ष्ह्यानै जन्माउछुझैं गरेर
आफ्नै आवाजमा चिचाउँछ,
यसलाई पिडा भनिन्छ।
यसको चित्कार सुनिदैन,
अनुभूति गरिन्छ,
यसलाई बोक्नेले मात्र यसको अनुभूति गर्न सक्छ.......

कोइ कोइ यति बलियो हुन्छन कि,
पीडालाई आँशु बनाएर निकाल्न सक्छन।
कोइ कोइ यति निरिह र कम्जोर हुन्छन कि,
रुन पनि सक्दैनन् ।।।

छातीलाई पोल्छ,
यस्तो कि आफ्नै मुख ज्वालामुखिको मुख हो,
अनि भित्र चलिरहेछन, सल्बलाइरहेछ्न लाभाहरु,
आफ्नै ताल मा
छल्किरहेछन,
तर त्यो लाभा निक्लिदैन,
अनि यसले बोक्नेलाइ मात्र पोल्छ।

यसलाई पिडा भनिन्छ..

पिडा को रुप हुदैन,
हुदो हो त, यति भयानक हुदो हो कि, सबै आँखा चिम्लेर बस्दा हुन्
पीडाको रंग हुदैन,
हुदो हो त अन्धकारमा पनि प्रस्ट अँधेरो देखिने गरि कालो हुदो हो।

कोइ कोइ यति बलियो हुन्छन कि,
आवाज मा निकालेर पोख्न सक्छन यसलाई,
अनि कोइ कोइ यति कम्जोर हुन्छन कि
तिनको छातीमै रहिरहन्छ,
ढक ढक गरिरहन्छ मुटुमा।
कुनै ढोका जसरि,
अनि ढक ढक गर्दा गर्दै थाक्छ क्यारे।
निदाउछ
फेरि चांडै बिउझिने बाचा गरेर.............

#feeling_sadness

सधैलाइ जाने हरु

निस्फिक्री भन्दै छ, "म फर्केर आउने छु"

फर्केर आउने मात्र हुन, यात्राको दिन अड्कल्ने
गहन सोच गर्ने, अनि निक्लिने
सधैलाई जाने हरु त , बिना पुर्व तयारि जान्छन
उनीहरुलाई नै थाहा हुदैन, कि उनीहरु जादैछन
झट्ट सोच आउँछ, फट्ट निक्लिनछन

अनि यो यसरीनै जादैछ ....

झोलामा सकी नसकी अटाउछ्न, लगाव हरुलाई
फर्केर आउने मात्र हुन झोला बोकेर जाने,
सधैलाइ जाने हरु त खालि हात जान्छन
सबथोक त्याग्नेलाई, झोला त्याग्न के गारो ?

निस्फिक्री भन्दै छ, म फर्केर आउने छु
तर,
अब आउँदैन यो फर्केर
यसको हिडाई हेरेरै थाहा हुन्छ,
कति बिस्तारै हिड्दै छ
छोटो यात्रा हिड्ने मात्रै हुन् "दौडिने"
यो त सौम्य भएर बग्दैछ,
यो त गन्तव्य नै छैन जसरि हिड्दै छ,
यो सिधै कमनडुल भरि तारा भर्ने हेतुले लम्किदैछ,
अनि तारा गनेर त सकिदैन,
भर्नु को के कुरा

आउन त यसरि आएको थियो,
जसरिकी कैले गएकै थिएँन,
तर अब जादैछ ..
हिजो सम्मको पल सपना जस्तो थियो ..
तर आझ बिपना जसरि जादै छ..

मुखले त भन्दैछ "म फर्केर आउंछु"
तर हेर यसको ललाटमा चम्केको त्यो भोक
जुन सबै तारा पुञ्ज पिए पनि मेटिदैन..
फर्केर आउने हरुलाई, यो बोद हुन्छ कि उनीहरु जादैछन...
यो फर्केर आउँदैन
किनकि यसैलाई थाहा छैन कि यो जादैछ ...

तर मलाइ थाहा छ....

हैनन् र?

के घोच्ने नै भए पनि,
सिउंडीले बिरलै दिने फूल मोहक हैनन् र?
त्यो सदैब फुल्दै झर्ने जाहि र जुही भन्दा

के घोच्नेनै भए पनि,
त्राशको ढकले खिच्दा पनि, बल्ल बल्ल उचालिने
जिब्रा बाट निक्लिएका अवाज ठुला हैनन् र?
त्यो सहजै चिप्लाउने चिप्ला आवाज भन्दा.

के अनिकाल लागेको घरले दिएको
मुठी को मकै ठुलो हैन र,
सेठ को घरको बडी भएको व्यंजन भन्दा?
के कोलाहल मन भए पनि बिरलै निक्लिने
ओंठको मुस्कान ठुलो हैन र?
सधैं को हाहा र होहो भन्दा

के तिमीमा कसैले गरेको बिस्वास ठुलो हैन र?
तिमीले कसैलाई गरेको बिस्वास भन्दा?
के तिमीलाई प्रेम गर्ने कोहि ठुलो हैन र?
तिमीले प्रेम गर्ने कोहि भन्दा?

के बिना कारण मन बाट बहने
आमाको जस्तो करुणा ठुलो हैन र?,
समय संदर्व र कारण हेरी गरिने माया भन्दा?
के डराइ डराइ , कसैले तिमीमा पोखेको उसको रहस्य ठुलो हैन र?
उसले संगसंगै पोखेपानी तिमीलाई पोल्ने कुरा

के पहिलो भावनाको अभिव्यक्ति बोक्ने
स्यानो टुक्का  ठुलो हैन र?, कृतिम उत्क्रिस्ट कथा भन्दा ?
के बाफिलो गर्मीमा पनि
आफ्नो अस्तित्व अलिकति जोगाउन सफल,
दुखाउने अशिना ठुलो हैन र?
त्यो सधै नदुखाई बर्सि रहने पानि भन्दा?

के प्रयाश ठुलो हैन र हारे पनि कछुवाले ,
त्यो सदैब सफलता दर्साउने खरायो को जीत भन्दा?
के मेरो तिमीलाई सन्तुस्ट पार्ने प्रयाश ठुलो हैन र,
अन्तिम मा म सधै चुके पनि ....

Disqus Shortname

Comments system