एकरातको कुरा हो। जब असम्भव छ हाम्रो मिलन थाहा पाएँ। मैले खुब आँशु बहाएँ। अनि तिम्रो फेसबुकको भित्तो च्यातें। पत्रै पात्रा सब निहारें। २००८ देखि १६ ,
यहाँ सम्म कि तिमि जन्मेको थलो, तिमीले पढेको बिद्यालय, तिमि गएको परदेश, तिमीले भोगेका अनुभव. तिमीले घुमेका ठाउँहरु, तिमीले पढेका किताबहरु, तिमीले सुनेका गीतहरु, तिमीले हेरेका चल्द्रिस्यहरु, तिम्रो ठुलो जीवनलाई मन भित्रै ब्याख्या गरेर बुझ्न खोजें. जुन स्याना स्याना बुँदा बनेर भित्ताभरि छरिएका थिए।
ति तिम्रा हर अनुभव र अनुभूति हरु, जुन तिमि बनेर तिमि संगै हिडिरहेको छ|
तिमीलाई पाएको भए, यी सब पाउँथे, थाहै नपाइ।
तर गुमाए पछि बुज्न खोज्दै छु के के गुमाएँ। जसरि जिवास्म विद जिवास्म बाट जीव कल्पिन्छ। केहि त्यस्तै भोक लाग्न थाल्यो मलाई, तिम्रो, खै किन हिद्दैछु तिम्रो हिजो तिर, तिम्रो आझको सहभाग हुन नपाएपछि। खै किन तिम्रो पदचाप पछौदै छु?
हो,
तिम्रा पदचापहरु पछ्याउदै छु। तर तिमीलाई भेटाउन होइन |
त्यहि रातको कुरा हो। मैले तिमीलाई अङ्गाल्न नपाएपछि, पढ्न चाहें, तिम्रा कोष कोष मा चल्ने तरङ्ग हरु कसरि बने, तिम्रा नशा नशा मा बग्ने रगत बोक्ने सरिर कहाँ कहाँ बग्यो। कुन घटनाक्रम ले तिम्रो सोचाइ यसरि बनाएकी, ति सारै सुन्दर छन्। तिमि कुन कुन ठाउँले बनेउ, कुन कुन गाउँ ले बनेउ।
कहिले तिम्रा हिजोका तस्बिर्हरुका हर चरित्र संग लोव लाग्न थाल्यो, कहिले त तिम्रो कुकुर केइ इर्श्या लाग्थ्यो, हाय म त्यो भैदिए, तिम्रै नजिक त हुन्थें। तिम्रो बालापन देख्ने हर मान्छे संग इर्स्या लाग्न थाल्यो।
तिम्रा भुतकाल लाइ आझ सुम्सुमाउदैछु, तर तिमीलाई समाउन होइन।
मैले तिमीलाई पाएको भए, तिम्रो अतीत हरु पनि पाउँथे, किनकि अतीतले त मानिसलाई बनाउछ। तिम्रा पहिलो प्रेम का कथा हरु, तिम्रो पहिलो टेलिस्कोप हेर्दा को अनुभूति
तिम्रो आकाशका ताराका अलाइनमेन्ट, तिमीले पढेको पहिलो किताब, तिमीले रोएको पहिलो किताब, तिमीले हिडेका बाटो हरु, तिमीले खाएका गोताहरु, तिम्रा रुचि अरुचि ... अनि त्यो सब दुनिया जुन तिमीले आफ्नो नजर बाट हेर्छौ , ति सबलाई एकैपल मा अङ्गाल्न पाउँथे, किनकि दुइ सरिर एक हुदा, आत्मा मात्र हैन दुइ दुनिया नै एक हुन्छन, म तिम्रो प्रेम मा पर्दा केवल तिम्रो प्रेम मा मात्र परिन, म त तिम्रो दुनियाकै प्रेममा परें।
आझ तिम्रो आँखाबाट देखिने दुनिया निहार्न खोज्दै छु, तर तिमीलाई पाउन हैन ।
हाम्रो मिलन असम्भव हैन
अनिश्चित छ
जसरि पृथ्वी तल को गहिराईमा, महासागरको फेदीमा रहेको स्यानो ढुङ्गा,
लाखौ प्रकाश वर्ष टाडा रहेको बिशाल ताराको आलिङ्गनमा कहिले समाहित हुन सक्दैन।
तर किन तिम्रो पद्छाप पछ्याई रहेछु?
तर किन समयलाई अगाडी हुत्त्यायेर, म तिम्रो हिजोमा प्रवेश गर्न खोजि रहेछु?
तर किन तिम्रो आँखाबाट यो दुनिया निहार्ने सपना बुनेको छु?
सायद तिमीलाई पाउन नसक्ने भएकोले,
तिमि हिडेको बाटो हिडेर,
तिम्रा हिजोमा प्रवेश गरेर।
तिम्रा नजरबाट दुनियालाई हेरेर,
अलिकति भए पनि तिमि जस्तै बन्न सकूँ।
ता कि अङ्गाल्न नसकेको तिमीलाई,
आफु भित्रै भए पनि, अलिकति महसुस गर्न सकूँ।

No comments:
Post a Comment