मुकुराउन बरु कोसिस गर्नु पर्यो,
माया यसै भयो
घृणा गर्न बरु कारण खोज्नु पर्यो,
माया यसै भयो
बर्षा सरि आए छाता लिई छेक्थे
घाम बनि आए छहारीमा लुक्थें
हावा बनि आयो, जता जतै पुग्यो
स्वांश रोकिएन, भित्रै सम्म छोयो
मुटु चल्न बरु स्वाश फेर्नु पर्यो,
माया यसै भयो
फुल फुल्न बरु ऋतु कुर्नु पर्यो,
माया यसै भयो
चुम्मक भए बरु, उप्काइदिन्थे
बोट भए कुनै, उखेली दिन्थे
हुन्न भन्दा भन्दै, मुटु भित्र बन्यो
रक्त संचय हुदै, अंग अंग बग्यो
तेज निकाल्न बरु, सुर्य जल्नु पर्यो
माया यसै भयो
समय चल्न बरु, संसार चल्नु पर्यो
माया यसै भयो
No comments:
Post a Comment