Sunday, May 8, 2016

prompt: बाल्यकालको कुनै एउटा वस्तुसित सम्वन्धित यादहरु

म संग कुनै बस्तु छैनन् सेश,
छन् त यी केश, 
जुन बच्चै छदा अलि बढी घुन्ग्रियेका थिए ।
हुन त यो त्यो केश पनि हैन,
जसको बनावट स्वरुप नाम पाएको थिएँ,
"मुसु मुन्द्रे" मुसा जस्तो अनि कपाल मुन्द्रा जस्तो ।
घरको कुना काप्चा खोज्न थालें,
भेटिन कुनै बस्तु यहाँ,
किनकि यो घर पनि त नया।
यो हैन साँछि मेरो बालापनको,
त्यो पुरानो घर त कहाँ कहाँ ....
साँछि छन् त बाबु आमा,
तर ति होइनन बस्तु ।
म संग छैनन् बस्तु यहाँ,
जुन येति पुराना कि,
मलाई मेरो बालापनमा लैजाउन।
छन् त यी नयन,
जसले आफैलाई ऐनामा तन्किदै गरेको देखेको छु।
अनि यी चर्म उस्तै गहुँगोरो,
अनि यो सिंगो सरिर जसले मलाई बोकिरहेको,
तर हैनन् यी तिनै बस्तु,
किनकि मेरा हर कोशिकाले काँचुली फेरिसके,
यहाँ सम्म कि मेरो सोचले पनि.
भावना उही भए पनि लुक्न जानी सके,
अनि आँशु उही भए पनि जम्न जानी सके। 
म संग छैनन् कुनै बस्तु सेस,
मात्र यी केश.
हुन त यो, त्यो केश पनि हैन,
अनि हुन त म ,त्यो बालापनको मान्छे पनि हैन।
र त्यसैले कुनै बस्तुहरु अझै भैदिएका भएपनि
ति मेरा हुन्थेनन्।
त्यसैले ति संग जोडिएका याद मेरा हुन्थेनन् ।।

No comments:

Post a Comment

Disqus Shortname

Comments system