Sunday, May 8, 2016

prompt: नशामा भएको बेला

#‎eleven11poetrychallenge‬ ‪#‎day9‬
prompt: नशामा भएको बेला
भन्नेले भन्थे, नशामा पर्दा
ढुंगा पनि बोल्दछ 
भन्नेले भन्थे, नशामा पर्दा
रहस्य सब खुल्दछ 
आफै लाइ हेरेर टोलाइरहने मेरो मन
नशामा झन् बिलायो
अनि रहस्य मनको झन् लुकेर कहाँ
ओंठलाइ सिलायो 
भन्नेले भन्थे, नशाले भिछोडको
सब कुरा बिर्साउँछ
भन्नेले भन्थे, नशामा पर्दा
मनको घाउ सेलाउँछ 
तर आँखै अगाडी देखें, मेरो खुसि
टाडा गैरहेको
तर आँखै अगाडी देखें, आफ्नै घाउ
गाडा भैरहेको 
भन्नेले भन्थे नशामा पुगेसी,
के सर्म, के लाज
भन्नेले भन्थे नशामा पुग्दा
फिका हुन् सब कामकाज 
तर लाग्यो सर्माउने हरुका लागि
बौलाउने बहाना हो
नशा त सिर्फ, नशाको नाममा
मन पोख्ने चाहना हो

No comments:

Post a Comment

Disqus Shortname

Comments system