Sunday, May 8, 2016

#‎day6‬ prompt "किन" को जवाफमा एउटा कविता

‪#‎eleven11poetrychallenge‬ ‪#‎day6‬ prompt "किन" को जवाफमा एउटा कविता 
किनकि
खुसि, प्राप्तिमा
सन्तुस्टी, त्रिप्तिमा 
------------------------------------------------
किनकि मैले बिचार नगरेको मेरो खुसि,
अरुले पाउन चाहेको उचाइमा
मैले नसुन्ने आवाजले,
त्यो उचाइबाट हरेक रात दुखिहरु चिचाउँछन्,
या म सुन्नै चाहन्न 
किनकि बच्चैमा बाटो छाल्लिदा,
र अकस्मात आमाको पछेउरि समाउँदा
आएको खुसि जस्तो खुसि,
फेरि अरु कुनै चिज पाउँदा पनि महसुस गर्न सकिन,
किनकि
सायद म खुसि नै छु,
महसुस त तब भएको थियो जब गुमाएर पाएको थिएँ,
त्यसैले दुखि
--------------------------------------------------------------
किनकि
तिर्खा पानीको,
म लाममा नूनको,
किनकि यहाँ लाम छ,
किनकि पानि सहजै पाइन्छ,
मेरो बिस्वासमा तृप्ति असहज छ,
किनकि मैले मनन नगरी रटें
किनकि मैले चिन्तन नगरी अपनाएँ
किनकि मैले आँखा चिम्लेर घुटुक्क पिएँ
किनकि मैले बिस्वास गरें, तर बिस्लेसन गरिन
त्यसैले असन्तोष..

No comments:

Post a Comment

Disqus Shortname

Comments system