Sunday, May 8, 2016

#‎day4‬ Prompt: "केहि कसरि गर्ने बारे कविता"

‪#‎eleven11poetrychallenge‬ ‪#‎day4‬ Prompt: "केहि कसरि गर्ने बारे कविता" 
जो कोहीलाई घृणा कसरि गर्न सकिन्छ
---------------------------------------
जब सुमधुर छ बोलि, सललै बगिन्छ
जब बोलीमा गोलि, घांटीमै अड्कीन्छ
तर अड्कीरहन सकिन्छ,तेही यौटा गोलि सम्झी
लाखौं सुमधुर बोलीलाई, बदलाको खोलले ढाकि 
जो कोहीलाई घृणा कसरि गर्न सकिन्छ त?
कसैलाई घृणा गर्नु छ भने, उसको राम्रोपन
असुइकार गर्न सकिन्छ
कसैलाई घृणा गर्नु छ भने, उसको अमिलोपन
जिउनार गर्न सकिन्छ 
यहाँ बासनामा अत्तर, स्वादमा सक्खर, सबैको कहाँ हुन्छ?
मिठो चटपटेको, पिरोपनमानि गनगन गर्न मिल्छ
अलिकति स्वार्थिपन मायामा, जसको पनि हुन्छ
तर तेइ अलिकतिलाई zoom in गरि, संसार मान्न मिल्छ 
जो कोहीलाई घृणा कसरि गर्न सकिन्छ त?
कसैलाई घृणा गर्नु छ भने, आफैलाई मायाको
खानि सम्झिन सकिन्छ
कसैलाई घृणा गर्नु छ भने, दिने मायालाई
लगानी सम्झिन सकिन्छ 
नउठ्ने उधारो लगानीले, सबैलाई दानव देखाउंछ
अनि आफैलाई मात्र निरिह, सच्चा मानव देखाउंछ
तारालाई पनि टाडा भैदेकोमा आँखा तर्न सकिन्छ
भ्रम नै सहि यसरि सबैलाई घृणा गर्न सकिन्छ 
घृणा गर्नु छ भने , गुलाबको काँडामा बिलौना गर्न सकिन्छ
घृणा गर्नु छ भने, कसैले हानेको फुललेनै मर्न सकिन्छ 
तर माया चाहिं कसरी गर्ने होला?
सायाद माया चाहिं आफै हुन्छ wink emoticon

No comments:

Post a Comment

Disqus Shortname

Comments system