Sunday, December 18, 2016

देऊ नदेउ

खुसी देऊ नदेऊ,
खुसी पाएर पानी यहां को खुसी छ र?
बस दुखाइ नदेऊ ।

दुखाइ नदेउ यसरिकी,
तार्ने डूंगानै तल तान्ने ढुंगा नबनोस।
तार्नेले नै डुबाइदिदा मन यस्तो पोल्छ की,
बरु आगो मनतातो लाग्छ, त्यों पोलाइको अघि ।

साथी देऊ नदेउ,
साथी भएर पानी यहां को साथै छ र ?
बस जुदाई नदेऊ।

जुदाई नदेउ यस्तो की,
सँगै भएर पनि कोही, यति टाडा छ की,
त्यों दूरी संग नाप्दा त बरु,
पृथ्वी सूर्यको आलिंगनमाँ छ ।

न्याय देऊ नदेऊ,
सबको सुनुवाई हुने यहाँ कुन अदालत छ र?
बस अन्याय नदेउ।

अन्याय नदेउ यस्तो की,
सांश फेरेको पनि जुर्माना दिन नपरोस ।
हास्नलाइ पनि कुनै, कुना खोज्नु नपरोस।
उड़नेलाइ पनि यहाँ कसैको अनुमति लीन नपरोस ।

खुसी देऊ नदेऊ,
बस दुखाइ नदेऊ ।
साथी देऊ नदेउ,
बस जुदाई नदेऊ।
न्याय देऊ नदेऊ,
बस अन्याय नदेउ। 

Saturday, December 3, 2016

तनवीर

तिम्रो माया कस्तो छ?
सुन्छु जादु जस्तो छ,
जहाँ मन बदल्न आउनेहरु,
आफैलाई बदलेर जान्छन।

तिम्रो सामिप्यता कस्तो छ?
सुन्छु मुहान जस्तो छ,
जहाँ तिर्खा मेटाउन आउनेहरु,
सांगर बनेर जान्छन।

तिम्रो छुवाई कस्तो छ?
सुन्छु अफीम जस्तो छ,
जहाँ पिडा भुलाउन आउनेहरु,
आफैलाइ भुलेर जान्छन।

तिम्रो आभा कस्तो छ?
सुन्छु इन्द्रेणी जस्तो छ,
जहाँ हुदै बग्ने हावा पनि,
रंगीएर जान्छन।

केवल चर्चा सुन्ने गर्छु,
अनि रहर बुन्ने गर्छु,
कि यस्तो तनवीर कहीं छ,
जहाँ दिशा सोध्न आउनेहरु,
गन्तव्य भेटाएर फर्कन्छन।।

Thursday, December 1, 2016

गज़ल

न बादेर मिल्छ न त ढोग्न मिल्छ 
जानेलाई के गरेर रोक्न मिल्छ?

कसै संग अजीब को नाता बस्छ 
न त टाडाको हो, न त बोल्न मिल्छ 

धेरै दिन सके धेरै, थोरै मा थोरैनै 
कोइको त माया पनि जोख्न मिल्छ 

सिसाको र ढुंगाको मन दुवै उस्तै हो
आझ भोलि ढुंगा पनि फोड्न मिल्छ

Tuesday, November 29, 2016

गजल

जहाँ धुलो बोकी हावा छुँदो रहेछ
त्यहि त्यहीं पाहाडको सिउदो रहेछ

म नजिक आएरपनि टाढै रहें
आफ्नै आफ्नै भाग्य हुदो रहेछ

हजुर संग प्रेम बसेसी था भो
झनै राम्रो हुनुहुदो रहेछ

हजुर पायेसी आँशु सकिन्छ सोच्थें
खुसि पाएर नि मान्छे रुँदो रहेछ

आदि आदि जले पछि बल्ल थाभो
चिताको मान्छे त जिउँदो रहेछ

मेरो मनको यात्रा सक्काउनेको अनुभव
"प्रमोद हेर्दा मात्रै बुढो रहेछ"

गजल

भित्र पिंजडामा एउटा  चरा छ
बाहिर स्वोछन्दताको पहरा छ

केबल बटुवाले मात्रै बास बस्छन
मेरो मन भित्र झुत्रो टहरा छ

कसैको "आदर्श", कसैको "कठै" म  
कसैको वहा, कसैको बिचरा छ

उ अन्धकारमा पनि प्रकाश भेट्छ
भन्छ कुरुपतामा नि अप्सरा छ  

ए अभिनव मन्जरी साँचेर राख    
केवल पराग रहुन्जेल भमरा छ

गजल

प्रतिछ्याको दियो निभाई दिएछ
दियो झैं आफैलाई जलाई दिएछ

मनको आगो निभाउन पानि मागे
उसले मट्टीतेल अनि सलाई दिएछ

यौटा कैदीको अपराध यो थियो
बिष हो यो भनेर दबाइ दिएछ

मन माग्दा उसले दियो मनको मुर्ति
उसले मन अरु कसैलाई दिएछ

माया गर्छौ? भनि प्रेमीले सोद्धा
उत्तरमा उसले मुस्कुराई दिएछ

प्रेमको लागि के गर्न सक्छौ भन्दा
"अभिनव मन्जरी" ओइलाइ दिएछ 

गज़ल

बत्ति मुनि दियो कसले बालेको होला?
यहाँ पक्कै एउटा अन्धो आएको होला

बादलको बाडुल्किले, पृथ्वी बर्बरायो
"म बाहेक अरु कसले सम्झेको होला?"

नदेखिने प्रकाश र बाफको मिलनमा
देखिने इन्द्रेणी किन फुलेको होला?

प्रेमीले घांटी थिची मार्दै गर्दा पनि
सोचीराखें  मायाले मुसारेको होला

मन्जरीलाइ भमराले छोएपछि सोध्यो
चिमोठेको होलाकी चुमेको होला ?

Sunday, November 20, 2016

गज़ल

भित्र पिंजडामा एउटा  चरा छ
बाहिर स्वोछन्दताको पहरा छ

केबल बटुवाले मात्रै बास बस्छन
मेरो मन भित्र झुत्रो टहरा छ

कसैको "आदर्श", कसैको "कठै" म  
कसैको वहा, कसैको बिचरा छ

उ अन्धकारमा पनि प्रकाश भेट्छ
भन्छ कुरुपतामा नि अप्सरा छ  

"अभिनव मन्जरी" थाहा पाई राख  
केवल पराग रहुन्जेल भमरा छ 

जाडोमा तिमि

तिम्रो तापक्रम मलाई कण्ठस्त छ।
डीग्रीमा हैन,
सबै कुरा डिग्रीले तुलना गर्न मिल्दैन।

तिमि ठ्याक्क त्यति तातो छौ,
जति तातो मनलाई नै तातो पार्ने,
मनतातो पानिमा नुहाउदा महसुस हुन्छ।
शावर बन्दै गर्न मन लाग्दैन।

तिमि ठ्याक्क त्यति तातो छौ,
जति तातो जाडोको बिहानीको ओछ्यान हुन्छ,
समाए पछि छोड्नै मन लाग्दैन, तिम्रो हात।

कहिले काही त यति तातो भैदिन्छौ  कि,
बिहानीको तातो कफी।
सुरुप सुरुप पर्दाको आँतनै तातो पार्ने,
अनुभूति भैदिन्छौ।

तर कहिले काहीं चै
चिसो,
सेलाएको कफी पिउनु परे जस्तो,
अनि बिहान ठिहीराउदै,
भुइमा झरेको ब्लान्केट टिप्नु पर्या जस्तो।

कहिले त झन् यति चिसो कि,
तातोले नुहाउदा नुहाउदै
झुक्केर,
धारा उल्टो बटार्दा,  एक्कस्सी ठण्डी पानि झरे जस्तो।

तिम्रो चिसोपन पनि मलाई कण्ठस्त छ.....

|| अभिनव मञ्जरी ||

Tuesday, November 8, 2016

म हिडिरहेछु

म हिडिरहेछु,
यहाँ बाट उहाँ, बिना दिशा
हावा सरि, चलिरहेछु म
नशा नशा हुदै,
जसरि रगत बग्छ,
म पृथ्वीको नशामा बगिरहेछु
म हिडिरहेछु..

बाक्लो जुत्ता, पातालियेर
ढुङ्गै पस्ने गरि,
हिड्दा हिड्दै पैतालाको
चर्मै मर्ने गरि,
कहिले धुलोको समुन्द्रमा,
पौडिएर
कहिले बिना प्रतियोगिता,
दौडिएर
म हिडिरहेछु..

पुग्न, कुन्नि कहिले, किन कहाँ
पत्तो नराखी,
यो उछ्लिरहने मनको आवेगलाइ,
शान्त पार्न,
पेटको आवाज, सुन्न बिर्सी
पाउको बिस्राम, बुझ्न बिर्सी
घाम संग तातिदै,
हावा संग पखालिदै,
म हिडिरहेछु....

आफ्नै कोठा कहिले,
पिंजडा लाग्छ,
मीठो माया पनि,
चुम्मक लाग्छ
बिन्ना पत्तो अनि,
बिलाउँ झैं लाग्छ
अनि नवीनतालाइ
अंगाल्न या,
पृथ्वीलाई कागज बनाइ,
पैतालाले केहि कोर्न
म हिडिरहेछु....

Saturday, October 29, 2016

माया

म तिमीलाई चिन्दछु माया,
म जीवनको हर मोडहरुमा तिमीलाई भेटिरहन्थे।
म तिमि भित्र को इश लाइ चिन्छु।

तिमि गर्मि यामको चिसो बताश हौ,
जाडोको रापिलो घाम हौ,
तिमि आवाज हौ,
तिमि इसत्वको प्रतिबिम्ब हौ,
तिमि कुनै जंगल बीच तलाउमा, फुली रहेको गुलाबी कमल,
अनि त्यसकै वरिपरि जलक्रिडा गरिरहेका, हंस जोडीलाई हेर्दा आउने, आनन्द हौ ।

तिमि मनोरम नाजारा हौ माया,
म तिमीलाई चिन्छु।
तिमि लाखौँ कोसिस बाट आएको प्राप्ति हौ,
जसले हर्सआँशु दिन्छ।
तिमि पुर्नेको रातमा स्निग्द सेता बादल बीच पौडी खेलिरहेको जुन हौ।
तिमि घुक्क घुक्क गरिरहेको बच्चालाइ, आमाले आफ्नो काखमा चेप्दा,
त्यो बच्चामा आएको ढुक्कपना हौ।
तिमि पिडामा गट्किरहेको मनले, अकस्मात सब्दको बाटो पाएर,
पाना भरि पोखिएको मसि हौ ।

तिमि लाखौ अनिन्द्रा पछि लागेको, गहिरो निन्द्रा हौ।
तिमि लामो प्रसव वेदना पछि, आएको सन्तुस्टी हौ ।
तिमि जुदाई लाई चिर्दै,
परदेश बाट फर्किएको प्रियजन, अंगालोमा बादिएको छ्यन हौ ।
तिमि दुस्वप्न पछि बिउंझिएर "सपनापो रैछ धन्न" भन्ने इस्थिती हौ।

म तिमीलाई चिन्दछु माया
म जीवनको  हर मोडहरुमा तिमीलाई महसुस गर्दथें ।

तिमि गहिरो हौ , जहाँ केवल खसिरहन सकिन्छ।
तिमि अन्त्यहीन हौ, जहाँ केवल उडिरहन सकिन्छ।
तिमि गहिरो संवाद गर्दा, मनमा आउने तरङ्ग हौ।
तिमि अकसमाथ झुल्किने , उज्यालो उमङ्ग हौ।
तिमि प्याशी गलामा, पानीको पहिलो बूँद पर्दाको सन्तुस्टी हौ।
तिमि मैले जानी जानी गरिराख्ने त्रुटी हौ।

तिमि राहत हौ, सुवास हौ,
तिमि सु-समाचार  हौ ।
तिमि सु-स्वप्न  हौ ।
तिमि उत्तर हौ ।
तिमि आधार हौ ।
तिमि बाटो हौ ।
तिमि गन्तव्य हौ ।
तिमि बिस्राम हौ ।

Friday, October 28, 2016

गजल

म माग्छु जुन, मलाई तान्छ ढुंगा
म हान्छु फुल, मलाई हान्छ ढुंगा

सिसाको मेरो मन चकनाचुर पारेर
आफुलाई कोमल नौनी ठान्छ ढुंगा

हुन त हामि दुइ, पुजारी नै हो
म मान्छु उसलाई, उ मान्छ ढुंगा

उसको बोलि ब्यबहार सब नै ढुंगा
कैले त लाग्छ, उसले खान्छ ढुंगा

खोलिको पानीले, छुदै जादै गरेनी
किन सधै कठोर, भैरान्छ ढुंगा

बादल छुन खोज्दा, भुइँमै बज्रिन्छु
चाह चुन्छ इश, तकदिर छान्छ ढुंगा 

गजल

भेट्नु अघि अजनबी, छुटेपछि सपना हो
बर्षाको पानि हिउँदमा, सुकेपछि सपना हो

बुल्बुलका दुइ जोडी, मिलनमा पनि रुदै थिए
भन्दै थिए यो पल, सक्कीएपछि सपना हो

पानीको फोका जसरि, जिन्दगि भन्दो रैछ
पानीको फोका  सरि  फुटेपछि सपना हो

न सम्झना सार्थक सक्छ, न सपना सार्थक हुन्छ
तिमि संगका पल सम्झिनु,  परेपछि सपना हो

मैले आँशु बगाएको देखेर, कोहि आएर यो भन्यो
भन्ने छु हास्दै  एकदिन , उठेपछि  सपना हो 

Thursday, October 27, 2016

गजल

शान्त बनाउन मेरै रिशलाई, मैले चाहेर हुदैन
अमृत बनाउन त्यो विषलाई, मैले चाहेर हुदैन

बरफले तातोको माग गर्यो, पानि पानि भै मर्यो
तिमि जस्तो न्यानो तपिशलाइ, मैले चाहेर हुदैन

सांगरले मेट्न सक्दैन, नभेटिने रंग आकाशको
यस्तै न मन्जुर छ इशलाई, मैले चाहेर हुदैन

तिमिमा देवतालाई देखेर, भक्तिले नुग्न पुगेछु
अब उठाउन मेरै सिशलाई, मैले चाहेर हुदैन

म रोशनी बनि चुम्न सक्थें, फक्रिने हर फूललाइ
रातमै फुली झर्ने सिरिशलाई, मैले चाहेर हुदैन 

Sunday, October 16, 2016

सम्झना

आँखाले यो प्रश्न गर्छौ,
अझै बिर्स्या छैनौ?
अनि म आखाले नै उत्तर दिन्छु।

हुनत सैयौंको यो भिडमा पनि,
मेरो आँखा,
क्यामराको लेन्सले फोकस गरे सरि,
तिमीलाईनै फोकस गर्छ, दुनियालाई ब्लर्र देखाएर।

तिम्रो मुस्कान केवल मुस्कान न हो,
तै नि मलाई मीठो लाग्छ,
अनि तिमि जान्छौ,
घडीको सुइ ले समयलाई छोडे सरि,
तर
तिम्रो मुस्कान सम्झिदा,
पहिलो दिन त्यो अझै गाडा हुन्छ,
दोस्रो दिन अझै हँसिलो।
तिम्रो हेराइ कल्पनामा,
अझै  तिक्छ्ण बन्दै जान्छ।
तिम्रा आभा सप्तरंगी इन्द्रेणी जसरि,
प्रतक्ष्य रूपमा दर्शन दिन थाल्छन।
तिम्रा आवाजहरु नाद स्रवन भए सरि,
सुनिन थाल्छन।

जतिनै सम्झनामा दिन ढल्दै जान्छन,
त्यतिनै गाडा हुदै जान्छ तिम्रो चित्र।
जस्तोकि तिमि संगका बास्तविक पल,
केवल रीलको नेगेटिव हुन्।
अनि सम्झनामा धुल्ल्याई ओरि,
रंगिन चित्र निकाल्छु तिम्रो।

अनि तिमि चाहिं घडीको घन्टे सुइले,
१२ लाइ छोडे जसरि,
मलाई छोडेर ,
पुरै दुनिया रिन्गेर,
अनि फेरि टक्क अढिएर,
आँखाले यो प्रश्न गर्छौ,
अझै बिर्स्या छैनौ?

अनि म आखाले नै उत्तर दिन्छु,
"अचेत हुदापनि, तिम्रो अस्तित्वको चाहिं
चेत भैरहन्छ"

Saturday, October 15, 2016

सुर्यको प्रकाश जस्तो हुन्छ

अब म तिमीलाई कसरि बुझाउँ?
बिल्कुलै बुझाउन सक्दिन,
अनि त्यसमा मलाई कुनै पश्चाताप पनि छैन,
किनकि म तिमीलाई बुझाएर बस्नै चाहान्न।
किनकि म त्यो असम्भव काम गरौँ कसरि?
तिमीले त आफै बुझ्ने हो,
कतिपय कुरा आफै सिकिन्छ, जस्तो कि स्वाश फेर्न।

अब म, "सुर्यको प्रकाश जस्तो हुन्छ" त भनुला।
अनि तिमीलाई "सुर्य" र "प्रकाश" के हो नै थाहा नहोला।
किनकि तिमीले त कहिले झ्याल खोलेनौ,
केवल, मलाई सोधेरै बुज्न चाहेउ।
त्यो आँखा खाने चमक भनुला ,
तिमीलाई त चमक के हो नि थाहा छैन,
अन्धकार जुन छानेउ।

अब ज्योति भनुला , उज्ज्वल भनुला, उषा भनुला, प्रदिप भनुला
अब प्रकाश नदेखी कसरि कल्पिनछौ?
जब तिमि झ्याल भित्रै लुक्न चाहन्छौ,
अनि मलाई प्रकाशको कुरा गर्ने अजीब प्राणि भन्छौ।

मैले भनेको त हो नि, "उज्यालो भिन्न छ,
तिमीले देख्ने गरेकोलाई अन्धकार भन्छन"

तिमीले गट्केर भनेउ, "मैले देख्ने गरेको कुरा नै संसार"

मैले आजित भएर नि भनेको त हो नि
"ए बाबा झ्याल खोल"

तिमीले पड्केर भनेउ,
"उहिले देखि चलिआएको परम्परा,
कसरि तोडुम?"

मैले अझै भनेको हो,
"उज्यालो चाखेर त हेर, मन नपरे फेरि बन्द गर"
जीवन नै सक्किन्छ झैं गरेउ

अब म तिमीलाई कसरि बुझाउँ?
बिल्कुलै बुझाउन सक्दिन
अनि त्यसमा मलाई कुनै पश्चाताप पनि छैन
किनकि म तिमीलाई बुझाएर बस्नै चाहान्न
किनकि म त्यो असम्भव काम गरौँ कसरि?
तिमीले त आफै बुझ्ने हो,
कतिपय कुरा आफै सिकिन्छ, जस्तो कि स्वाश फेर्न,
अनि मलाई स्वांश फेर्न आउँछ ...

Wednesday, October 12, 2016

गल्ति हुन्छ

आगो लाग्छ
जानेर पनि, नजानेर पनि
गल्ति हुन्छ
जानेर पनि, नजानेर पनि ।

नजानेर यसरिकी,
धेरै फूल बोल्दा, कहिले
काँडा निक्लिन्छ, अनि घोच्छ।
जानेर यसरिकी,
आक्रोश ले कहिले घाँटी अचेट्छ,
जिब्रो यसै काँडा हुन्छ।

आगो लाग्छ
जानेर पनि, नजानेर पनि
तर आगोलाई ढाकेर, आगो लुक्दैन।
गल्ति हुन्छ
जानेर पनि, नजानेर पनि
तर गल्तीलाई ढाकेर, गल्ति लुक्दैन।

अहमले नुग्न दिदैन,
तर जब अहम नुग्छ।
त्यहाँ स्वतन्त्रता हुन्छ,
त्याहा आनन्द हुन्छ।
किनकि त्यहाँ अब ढोंग गर्नु पर्दैन,
किनकि अहमले बाद्छ।

तर त्यो मानिस हुन सक्ला र?
जसले गल्तीमा चटकको बुट्टा भरेर,
आफैलाई झुक्काउन खोज्छ,
कि त्यो गल्तिनै  थिएन।
त्यो मानिस अवस्य हो,
जसले आफ्नो गल्तीलाई हतियार बनाउछ,
आफ्नै आँखामा लागेको पट्टि खोल्न।

आगो लाग्छ
जानेर पनि, नजानेर पनि।
तर आगोलाई ढाकेर, आगो लुक्दैन
तर आगो निबाउन सकिन्छ।
किनकि पानि पनि त हुन्छ।।
गल्ति हुन्छ,
जानेर पनि, नजानेर पनि
तर गल्तीलाई ढाकेर, गल्ति लुक्दैन
तर गल्तिको लागि प्रायास्चित हुन्छ।
किनकी माफी पनि त हुन्छ।।

तिमि आयौ रे

तिम्रै प्रतिक्ष्यामा थिएँ,
अनि तिमि आयौ रे।
कहिँ कतै ताराको स्यानो अम्श,
त्यो मंगलग्रहमा टेक्यो रे।

तिमि आयौ रे
म कतै गाउँमा सम्झनाको दियो बाल्दै गर्दा।
प्यासाफिक समुन्द्रको बीच भागमा,
मणिका खानि भेटिए रे ।

तिमि आयौ रे
मेरो मन त अँधेरीनै छ,
तिम्रो गाउँमा
तिम्रो गाउँमा, दीपावली छायो रे ।

तिमि आइपुगेउ रे,
तर म सम्म केवल यो समाचार मात्र आयिपुग्यो,
तिमि सकुसल आएको।
येतिमै पनि म,
खुसि नै छु
येदि म नस्वर प्राणीमा केहि अमर कुरा छ भने
येही प्रतिक्छ्या नै त हो
तर त्यो दुखि नै छ .. 

Tuesday, October 4, 2016

गजल


साँझ ताज पहिरिएर, आयो आझ पनि
भन्यो "तिम्रो सुर्य, अस्थायो आझ पनि"

साँझ भन्थ्यो "अस्थाई छ सुर्यको साथ"
एकछिनमै सुर्यसरि, बिलायो आझ पनि

सबैले छोडी हिडेको, मलाई पाएर होला
रात्रिले अँधेरो मुख, लगायो आझ पनि

जब झिसमिसे, उज्यालो ले छोप्यो मलाई
लाग्यो रात्रि म देखि, अघायो आझ पनि

 सुर्यको स्पर्सले काउकुति लगाएर होला
बिहानी सधैं झैं, मुस्कुरायो आझ पनि

काउकुति धेरै भएर पोल्न थाल्यो क्यार
उषा दिवा बनेर, रिशायो आझ पनि 

Thursday, September 29, 2016

फिरन्ते

कहाँ छौ?
ए फिरन्ते ?
कुन चट्टान चड्दै छौ?
कुन बगर छिचोल्दै छौ?

आफ्ना पाइला हरु ले के नक्शा कोर्दै छौ?
कि कोर्दैचौ कुनै कविता
यो धर्ति यो पहाड त्यो बगर त्यो खोला लाइ पाना बनाएर
कि कोर्दै छौ कुनै चित्र

कहाँ छौ?
ए फिरन्ते
ति मगज मा मेरा कथा बोकी
अलि अलि पोख्दै
जसरि भरिएको गाग्री बाट पानि छल्किन्छ
कहाँ पुगीसकेउ?

तिमि यहीं हुदा,
तिमीमा नचाहि नचाहि लत्पतिएको
मेरो मुटुमा बन्ने माया बोकी
कहाँ काँह पुगिरहेछौ

के गर्दै छौ? ए फिरन्ते?
के गर्दै छौ अहिले?
कि सुन्दै छौ कुनै लोकभाका?
कि खादै छौ कुनै लोक खान्की
त्यस्तो ठाउँमा
जहाँ, हावा पुग्दा पुग्दै थाकेर, पातालो लाग्न थाल्छ
जहाँ concrete जंगल पुग्न नसकेर फेदिमै सुस्ताउँछन्
जहाँ हावामा गोबर को बास्ना हुन्छ
जहाँ खोलाले हिमाली उपासना बोक्छ

कि तनकाउन्दै छौ आफ्ना गोडा
जुन हिड्दा हिड्दै पिलियेर लाटो भएको छ
जुन सरिर र सामानको बोजमा सुन्निएको छ
तर मुहारमा मुस्कान छ

कि गर्दै छौ कुरा मिठा मिठा
त्यस्ता कुरा त्यो तिम्रो
जसमा म घुलेर म रहन्न

म भने यहाँ, तिमीलाई सम्झिएर
अकस्मात  परेली भिझाउन पुगेको छु
अनि प्रतिक्ष्यामा छु,
तिमि संगको भेटको
जहाँ भेट मात्रै हुन्छ
औपचारिक रूपमा
अनि केहि तिन चार सब्द को सम्बाद
अनि तिमि फेरि जान्छौ
अनि म फेरि अर्को कविता लेख्न बस्छु

"कहाँ छौ?
ए फिरन्ते ?
कुन चट्टान चड्दै छौ?
कुन बगर छिचोल्दै छौ?"

Saturday, September 10, 2016

गज़ल

जलाएर पनि तिमि, आग नहुने
जलेर  पनि  म  ,  खाग नहुने

तिमि भमरा त, बिल्कुलै होइनौ
त्यसैले म  पनि,  पराग  नहुने

तिमि नहुदा गिदीमा, के विदी कुरा
तिमि हुदा,दिल हुने, दिमाग नहुने

तिम्रो आचरणको तारिफ गर्नु पर्दा
चन्द्रमा हो, त्यो पनि, दाग नहुने

जलाएर पनि तिमि, आग नहुने
जलेर  पनि  म  ,  खाग नहुने 

Saturday, August 20, 2016

रंगमंच

विभिन्न पात्र बन्नुपर्ने यो जीवनमा,
तिमि कसैका लागि सहारा भयौ होला
कसैका लागि आहारा भयौ होला

म पनि त
चर्केको भित्तो, तै नि
आड कसैको
तिल जस्तो अणु, तै नि
पाहाड कसैको

यो अनेकन चरित्र निभाउनु पर्ने भुमंडलमा
कसैको तिमि, मालिक भयौ होला
कसैको तिमि, शालिक भयौ होला।

म पनि त,
प्याशी प्याशी. तै नि
तृप्ति कसैको
अँध्यारो अँध्यारो, तै नि
दिप्ती कसैको

यो एक भएर पनि, अनेक हुनु पर्ने ठाउँमा...

तिमि मेरा लागि, केवल इत्तर भएछौ
म तिम्रा लागि केवल , हावा भएछु
तिमि मेरा लागि केवल , रहर भएछौ
म तिम्रा लागि केवल, बटुवा भएछु ।

Sunday, August 14, 2016

मौनता

मौनता असहजता बनि आउछ,
आवाज निकाल्न आधार चाहिन्छ,
मेरो वरिपरि सुन्यता छाउँछ
अरु बोलीले जल्छन, म मौनताले जल्छु

मौनता यस्तो,
तिम्रो अघि हुदा ,
म बन्द कोठामा कैद हावाको पनि
आवाज सुन्न थाल्छु।
म स्थुल भैसकेको पर्दाको पनि
सर्सराहाट सुन्न थाल्छु।

असहजता यस्तो कि ,
यो बन्द कोठाकै
हावा बनेर बिलाउँ।
यस्तोकी आफ्नै सरिर ,
सिलाइमा बिग्रेको लुगा झैं बनेको छ,
अनि म त्यो बिग्रेका भागको
ढाकछोप गर्दैछु ।

तर मेरो असहजताको कारण तिमि हैन,
म नै हुँ
मेरो मौनताको कारण तिमि हैन ,
म नै हुँ

तर डर त यसको बडी छ
तिम्रो मौनताको कारण म त हैन?

Tuesday, June 28, 2016

थोपाहरु

स्नान जो गरेको छौ,
चुहीदै छन् तप्प तप्प,
तिम्रा केसबाट  थोपाहरु।
तिमी त सधै रुझेकै हुन्छौ।।

मेरो मनको गहीरो तलबाट,
Deep boring गरेर,
म भित्र बन्ने सारा प्रेम सोरेर,
स्नान जो गरेको छौ,
चुहीदै छन् तप्प तप्प,
तिम्रा केसबाट, मेरा प्रेमका थोपाहरु।
तिमी त सधै रुझेकै हुन्छौ,
सुख्खा त म भएको छु।

Sunday, June 19, 2016

यात्रु

प्याट प्याट चप्पल बजाउँदै कहिले,
गर्याम गर्याम जुत्ता त कहिले,
बे-आवाज खाली खुट्टा त कहिले,
कहिले छैन आराम ।

के खोज्दै हिडिरहेछौ?
के खोज्दै हिडिरहेछु?

फतफताई रहने, दिमाग भित्रका कुरौटे ।
तिनलाई चुप गराउने, मन भित्रका साधु।
अनि अनायाश दुवैलाइ रोकी उफ्रने,
आक्रोश रुपी आफै भित्रका दानवलाइ बोकी,

के खोज्दै हिडिरहेछौ?
के खोज्दै हिडिरहेछु?

सुगंदको गंदमा तानिएर कहिले,
बिस्मात्को गोलीले हानिएर कहिले,
चाहनाको सुचिमा कुनै सम्भव राखेर,
अनि हरेश खाइ कैयौं मेटेर..

के खोज्दै हिडिरहेछौ?
के खोज्दै हिडिरहेछु?


Saturday, June 18, 2016

टकीला शट्स

मैले तिम्रो लागि, म भित्रको गहिरो तलबाट झिक्न खोजें,
एक बाल्टी मन।
तर त्यो चुहिने बाल्टीमा बाँकी रह्यो त,
एक अन्जुली भावना।
त्यो अन्जुलीमा भावना अटाएर तिमि सम्म ल्याउँदा बस रह्यो,
केहि छिट्टा कविता ।
आझ लाग्छ छर्किदा तिमि सम्म पुग्यो पुगेन?

Thursday, June 9, 2016

म तयार हुनुपर्छ

म तयार हुनुपर्छ,
जसरि हाँगाहरु तयार हुनुपर्छ।
ऋतु संगै बनेर झर्न तम तयार पातलाई, बिना सब्द बिदाइ गर्न
पात त यसरि झर्छ,
लाग्छ कि उसको केहि सम्बन्द छैन हाँगा संग।
आफ्नै रफ्तारमा झर्छ, हावाको तालमा नाच्दै माटोको आलिङ्गन मा बेरिन।

म अलिकति अन्धो बन्नु पर्छ,
ताकि तिमिले खुकुलो बनाउदै गरेको, हाम्रो डोरी नदेखुं।
म अलिकति भाव बिहिन हुनुपर्छ,
तिमि फुत्कि सक्दा तिमि हुने ठाउँ नेर, खालि पनको अनुभव नगरुँ।

तिमि म देखि अघाएपनी,
म तिमीले सुनेर अघाएको गीत जस्तै हुनुपर्छ।
ताकि तिम्रो रुचि फेरिएपनि, म नाफेरिउं,
उही तरिकाले बजिराखुं,
मैले म भित्र को गीतलाइ.. बिर्सिनु हुन्न.. बदल्नु हुन्न।

म तयार हुनु पर्छ
जसरि खडेरीको खोलि तयार हुनुपर्छ।
घामको रापमा पखेटा हाल्दै उडिरहेका उसका जल,
यसरि उड़छन् , लाग्छ ति कहिले पानि थिएनन् ।

म तयार हुनु पर्छ
जसरि रितुअनुसार आफुले बनाएको फल।
टप्प टिपिन्छ ,
झारिन्छ,
म तयार हुनु पर्छ,
खानेलाई बेप्रश्न खान दिन।
लानेलाई बेप्रश्न लान दिन ।

म तयार हुनु पर्छ,
चाहनै चाहनाले बनेका चाहनाका चराहरुलाई,
मनको पिजडा खोलि, बेप्रश्ना हावामा बिलाउन दिन।
कसिएका मुठी खोल्न,
किनकि म पिजडा हुनु हुदैन,
मेरो पिजडामा अरु कोहि होइन ,
कैदी म नै हुन्छु।

तिमि टाडिदै छौ म बाट
अनि मा तयार हुनु पर्छ।

म तयार हुनुपर्छ,
जसरि पृथ्वी तयार हुनुपर्छ ,
आफुलाई धप्पक्कै निलिमा बनाउने रवि,
जब अकाश्मात चन्द्रमालाइ चुम्न पुग्छ।
म तयार हुनुपर्छ,
मेरो रवि,
दूर क्षितिजमा अरु कसैलाई रोशनी दिएको हेरेर बस्न।
किनकि रवि कहिले मेरो थिएन।

म तयार हुनु पर्छ
तिमि प्रति मेरो कुनै हक छैन
मैले बुज्नु पर्छ,
यो स्नेह हो, कारोबार होइन
मैले बुज्नु पर्छ।

तिम्रो सामिप्यताको स्पर्श हरु मलिन मलिन हुदै जान्छ,
अनि मलाई गाह्रो हुन्छ।
त्यसैले म अहिले तयार हुनुपर्छ
म तयार हुनु पर्छ,
ताकि,
पिडा अलिकति भए नि कम होस्
तर तयार हुनुमा पनि आफ्नै पिडा।

हो म तयार छैन
तर म तयार हुनुपर्छ। 

Friday, June 3, 2016

तिमीलाई म कस्तो लाग्छ?

तिमीलाई म कस्तो लाग्छ?
नजाती कि? जाति कि?
अजनबी कि? साथि कि?

मलाई त तिमि राम्रै लाग्छ
किन किन आफ्नै लाग्छ
आफ्नै मनको टुक्रा जस्तो
टाढा हुदा तिमि, कस्तो कस्तो

हर्बार मनमा येही प्रश्न गर्छु
कि,
तिमीलाई म कस्तो लाग्छ?
हीरा कि? ढुंगा भाँती कि?
अजनबी कि? साथि कि?

मेरो लागि त तिमि बर्षा जस्तो
अनि म गल्न तयारि माटो जस्तो
संगमबाट फक्रिने हरियाली जस्तो
टाडा हुदा तिमि, कस्तो कस्तो

हर्बार मनमा येही प्रश्न गर्छु
कि,
तिमीलाई म कस्तो लाग्छ?
फुल लाग्छ कि? पाती कि?
नजाती कि? जाति कि?
हीरा कि? ढुंगा भाँती कि?
अजनबी कि? साथि कि?

Wednesday, June 1, 2016

प्रयाश

मैले पुग्न नसकेको ठाउँ
मैले हुन नसकेको मान्छे
मैले छुन नसकेको आकाश
मैले पढ्न नसकेको किताब

मैले सोच्न नसकेको सोचाइ
मैले गर्न नसकेको काम
मैले भर्न नसकेका साहस
मैले बनाउन नसकेको साथ

मैले छुन नसकेको मन
मैले समाउन नसकेको हात
मैले हसाउन नसकेको ऒथ
मैले बोल्न नसकेको बोलि

मैले खोल्न नसकेको ढोका
मैले चाल्न नसकेको पाइला
मैले जिउन नसकेको समय
मैले लेख्न नसकेको कविता

तिमीलाई देखे,
अनि तिमीमै देख्न थालें
मेरा नसकिएका यी चाहहरु 
तेसैले तिमीलाई पाउन चाहें

तर तिमि पनि भयौ आँखिर
मैले पाउन नसकेको मानिस
मैले पुग्न नसकेको ठाउँ
मैले हुन नसकेको मान्छे
मैले छुन नसकेको आकाश
मैले पढ्न नसकेको ...... क्र म श

Tuesday, May 31, 2016

माया कसरि भयो


मुकुराउन बरु कोसिस गर्नु पर्यो,
माया यसै भयो
घृणा गर्न बरु कारण खोज्नु पर्यो,
माया यसै भयो

बर्षा सरि आए छाता लिई छेक्थे
घाम बनि आए छहारीमा लुक्थें
हावा बनि आयो, जता जतै पुग्यो
स्वांश रोकिएन, भित्रै सम्म छोयो

मुटु चल्न बरु स्वाश फेर्नु पर्यो,
माया यसै भयो
फुल फुल्न बरु ऋतु कुर्नु पर्यो,
माया यसै भयो

चुम्मक भए बरु, उप्काइदिन्थे
बोट भए कुनै, उखेली दिन्थे
हुन्न भन्दा भन्दै, मुटु भित्र बन्यो
रक्त संचय हुदै, अंग अंग बग्यो

तेज निकाल्न बरु, सुर्य जल्नु पर्यो
माया यसै भयो
समय चल्न बरु, संसार चल्नु पर्यो
माया यसै भयो 

Tuesday, May 17, 2016

तिमि अनि म (तिमि हिडेको बाटो)

एकरातको कुरा हो। जब असम्भव छ हाम्रो मिलन थाहा पाएँ। मैले खुब आँशु बहाएँ। अनि तिम्रो फेसबुकको भित्तो च्यातें। पत्रै पात्रा सब निहारें। २००८ देखि १६ ,
यहाँ सम्म कि तिमि जन्मेको थलो, तिमीले पढेको बिद्यालय, तिमि गएको परदेश, तिमीले भोगेका अनुभव. तिमीले घुमेका ठाउँहरु, तिमीले पढेका किताबहरु,  तिमीले सुनेका गीतहरु, तिमीले हेरेका चल्द्रिस्यहरु, तिम्रो ठुलो जीवनलाई मन भित्रै ब्याख्या गरेर बुझ्न खोजें. जुन स्याना स्याना बुँदा बनेर भित्ताभरि छरिएका थिए।
ति तिम्रा हर अनुभव र अनुभूति हरु, जुन तिमि बनेर तिमि संगै हिडिरहेको छ|
तिमीलाई पाएको भए, यी सब पाउँथे, थाहै नपाइ।
तर गुमाए पछि बुज्न खोज्दै छु के के गुमाएँ। जसरि जिवास्म विद जिवास्म बाट जीव कल्पिन्छ। केहि त्यस्तै भोक लाग्न थाल्यो मलाई, तिम्रो, खै किन हिद्दैछु तिम्रो हिजो तिर, तिम्रो आझको सहभाग हुन नपाएपछि। खै किन तिम्रो पदचाप पछौदै छु?
हो,
तिम्रा पदचापहरु पछ्याउदै छु। तर तिमीलाई भेटाउन होइन |

त्यहि रातको कुरा हो। मैले तिमीलाई अङ्गाल्न नपाएपछि, पढ्न चाहें, तिम्रा कोष कोष मा चल्ने तरङ्ग हरु कसरि बने, तिम्रा नशा नशा मा बग्ने रगत बोक्ने सरिर कहाँ कहाँ बग्यो। कुन घटनाक्रम ले तिम्रो सोचाइ यसरि बनाएकी, ति सारै सुन्दर छन्। तिमि कुन कुन ठाउँले बनेउ, कुन कुन गाउँ ले बनेउ।
कहिले तिम्रा हिजोका तस्बिर्हरुका हर चरित्र संग लोव लाग्न थाल्यो, कहिले त तिम्रो कुकुर केइ इर्श्या लाग्थ्यो, हाय म त्यो भैदिए, तिम्रै नजिक त हुन्थें। तिम्रो बालापन देख्ने हर मान्छे संग इर्स्या लाग्न थाल्यो।
तिम्रा भुतकाल लाइ आझ सुम्सुमाउदैछु, तर तिमीलाई समाउन होइन।

मैले तिमीलाई पाएको भए, तिम्रो अतीत हरु पनि पाउँथे, किनकि अतीतले त मानिसलाई बनाउछ। तिम्रा पहिलो प्रेम का कथा हरु, तिम्रो पहिलो टेलिस्कोप हेर्दा को अनुभूति
तिम्रो आकाशका ताराका अलाइनमेन्ट, तिमीले पढेको पहिलो किताब, तिमीले रोएको पहिलो किताब, तिमीले हिडेका बाटो हरु, तिमीले खाएका गोताहरु, तिम्रा रुचि अरुचि ... अनि त्यो सब दुनिया जुन तिमीले आफ्नो नजर बाट हेर्छौ , ति सबलाई एकैपल मा अङ्गाल्न पाउँथे, किनकि दुइ सरिर एक हुदा, आत्मा मात्र हैन दुइ दुनिया नै एक हुन्छन, म तिम्रो प्रेम मा पर्दा केवल तिम्रो प्रेम मा मात्र परिन, म त तिम्रो दुनियाकै प्रेममा परें।
आझ तिम्रो आँखाबाट देखिने दुनिया निहार्न खोज्दै छु, तर तिमीलाई पाउन हैन ।

हाम्रो मिलन असम्भव हैन
अनिश्चित छ
जसरि पृथ्वी तल को गहिराईमा, महासागरको फेदीमा रहेको स्यानो ढुङ्गा,
लाखौ प्रकाश वर्ष टाडा रहेको बिशाल ताराको आलिङ्गनमा कहिले समाहित हुन सक्दैन।
तर किन तिम्रो पद्छाप पछ्याई रहेछु?
तर किन समयलाई अगाडी हुत्त्यायेर, म तिम्रो हिजोमा प्रवेश गर्न खोजि रहेछु?
तर किन तिम्रो आँखाबाट यो दुनिया निहार्ने सपना बुनेको छु?

सायद तिमीलाई पाउन नसक्ने भएकोले,
तिमि हिडेको बाटो हिडेर,
तिम्रा हिजोमा प्रवेश गरेर।
तिम्रा नजरबाट दुनियालाई हेरेर,
अलिकति भए पनि तिमि जस्तै बन्न सकूँ।
ता कि अङ्गाल्न नसकेको तिमीलाई,
आफु भित्रै भए पनि, अलिकति महसुस गर्न सकूँ।


Saturday, May 14, 2016

टु टकिय्ला शट्स

किल्कारी सुन मेरो क्वाँ क्वाँ,
मलाई प्रेमले बच्चा बनाइदियो|
नत्र सबैले भन्थे वाहा वाहा,
मलाई प्रेमले बच्चा बनाइदियो|

हुर्किएका दिन गए कहाँ काहाँ,
मलाई प्रेमले बच्चा बनाइदियो|
आगोमा होमिनेछु अब स्वाहा स्वाहा,
मलाई प्रेमले बच्चा बनाइदियो|

Friday, May 13, 2016

टकिय्ला शट्स

बिजुली चम्केर कहीले काँही, अन्धकारलाइ निल्न खोज्छ।
फेरी बिफल भएर , चिसा चिसा आँशु बहाउन थाल्छ।।

टकिला शट्स

देशले भविष्यको खोजीमा शम्भावित् भविष्य जन्मायो।
ति भविष्यहरु आफनै भविष्यको खोजीमा विदेश अंगाल्न पुगे।।
भोली तिनको  भविष्यले पनी तिनलाइ धोका नदेओस्।।।

Sunday, May 8, 2016

#‎day1‬ talking to your emotion.

खुसि तँ म जस्तै छस
----------------------
‪#‎eleven11poetrychallenge‬  ‪#‎day1‬ talking to your emotion.
लाग्छ मन खुला मैदान हो ,
जहाँ भावनाहरु खुब दौडिन्छन् ।
तर खुसि, तँ सधैं पछाडी छस।
जति छस खालि, आधि छस ।


तँ फिजिन नपाउंदै सुकिहाल्छ्स ।
तँ देखिन नपाउंदै लुकिहाल्छस।
भावना को दलदल मा डुबीहाल्छस ।
रसाउन नपाउंदै सुकिहाल्छ्स।

खुसि,
तँ म जस्तै छस,
कमजोर।

तँ चौतर्फी सिचिन नपाउंदै,
मन ढुक्कले भिजिन नपाउंदै,
सायद तेरा आँखा पलाउँछन ।
अनि तेरा चंचलता लोलाउँछन ।

किनकि देख्छ्स आफु जस्तै खुसि,
लाश बनि सकेका,
दुखेसोको आगोमा जल्दै गरेका,
कपास बनि सकेका ।
खुसि,
तँ म जस्तै छस,
नस्वर।
सायद तेरा रंग सफेद छन्,
जुनले छोयो, त्यहि रंगको बन्छस।
सायद तँ होस् पग्लिदै गरेको मैन,
जुन आकार ले लियो, तेही आकारमा ढल्छ्स्।
मेरो मन भावनाका रंगले ,
नित्रुक्क भिजेको।
अनि तँ कहाँ सधै.
सेतो रहन पाउँछस। 
खुसि,
तँ म जस्तै छस,
संबेदनसिल।
तेरा उमङ्ग हरुको अन्तस्करण मा,
तेरा चंचल्ताको चरम मा,
देख्दछु यौटा कालो आवाश छ,
जहाँ दुखको आफ्नै निवास छ।
तेरा केहिपल्को उज्यालोमा,
एउटा देखावटी पन देख्छु ।
तँ जति जति बढ्न थाल्छ्स ,
तेरो अन्त्यस्टि झन् झन् देख्छु ।
अनि लाग्छ,
खुसि,
तँ म जस्तै छस ,
दुखि।

11eleven poetry challenge of april 2016
where one as to write one poem a day with a given prompt :)

‪#‎day2‬ a reply to friend's text "oe pramod, aajha aaudainau?"

‪#‎eleven11poetrychallenge‬ ‪#‎day2‬
a reply to friend's text "oe pramod, aajha aaudainau?"
आउँदिन आझ, समयले मलाई, अन्तै बहाउदै छ।
म डुंगाको यात्री, समय त्यसको, डण्डी चलाउदै छ।।

आझ एकान्तले मलाई, भेट्नलाई डाकेको छ।
त्रिप्तिलाई पनि आझ मेरै, तिर्खा लागेको छ ।
तारालाई पनि आझ मेरै, चमक हेर्नु छ ।
बायुलाई पनि आझ मेरै, स्वांश फेर्नु छ ।।
त्यसैले आउदिन आझ, समयको , माग भिन्दै छ ।
म चालिदैछु, समय मेरो, पाउ भै हिड्दै छ ।
आउनेछु एकदिन, हाम्रो भेट. अवस्य हुने छ।
कुर्ने काम समयलाई छोडीदेउ, उसैले कुर्ने छ।
धेरै ठाउँ छ जहाँ आझ, मलाई हुनु छ।
तर एउटा ठाउँ छ जहाँ, लेखान्तरले चुन्नु छ।।
त्यसैले आउदिन आझ, म फूल हैन, च्यातियी बाडिन्न,
त्यसैले आउदिन आझ, समय याहा कहिले बादिन्न। 
त्याहीं बहनु पर्छ जहाँ हाम्रो, दिशा निर्धारित छ,
आशा छ हाम्रो बाटो कहीं, गएर समाहित छ।
त्यो दिन आउनेछु जब, मेरो समयले सुइकार्छ,
तर डर! भेट नहोला... समय तिम्रो पनि त छ ।।

‪#‎day3‬ prompt: re-reading a favourite poem by somebody, and continuing writing on same theme.

‪#‎eleven11poetrychallenge‬ ‪#‎day3‬ prompt: re-reading a favourite poem by somebody, and continuing writing on same theme.
छालले जब, आफुलाई नियाल्छ, समुन्द्रलाई बिर्सन्छ
समुन्द्रको, खोजीमा आफै, किनारमा आइ सिद्दिन्छ ।

कुन मन्दिरलाइ खोज्दैछौ इश? आफैलाई बिर्सिन,
कारावास होइन काया, चिहानमा आइ सिद्दिन ।
इशत्व बाट भाग्न यहाँ, मन्दिरमा आइ लुक्दछ्न,
सिंगो सांगर, पानि खोज्न मरुभूमिमा पुग्दछन। 
कुन बादलमा लुक्दछ इश, कुन बायुमा बग्दछ?
यी माम्सपिण्ड भै हिड्डछ इश, यी स्वांशमा नै चल्दछ। 
सलाई प्रेमको कोरेर बाल्दा, अहमको त्यो धूपमा,
मग्मगाउँदछ, इशत्व यी, देखिने हरेक रूपमा। 
चाहर्नु किन? कुनै तिर्थमा, यो सिंगो इशलाइ बोकेर,
चम्किन दिए करुणामय इश मनको ताल्चा फोडेर ।

#‎day4‬ Prompt: "केहि कसरि गर्ने बारे कविता"

‪#‎eleven11poetrychallenge‬ ‪#‎day4‬ Prompt: "केहि कसरि गर्ने बारे कविता" 
जो कोहीलाई घृणा कसरि गर्न सकिन्छ
---------------------------------------
जब सुमधुर छ बोलि, सललै बगिन्छ
जब बोलीमा गोलि, घांटीमै अड्कीन्छ
तर अड्कीरहन सकिन्छ,तेही यौटा गोलि सम्झी
लाखौं सुमधुर बोलीलाई, बदलाको खोलले ढाकि 
जो कोहीलाई घृणा कसरि गर्न सकिन्छ त?
कसैलाई घृणा गर्नु छ भने, उसको राम्रोपन
असुइकार गर्न सकिन्छ
कसैलाई घृणा गर्नु छ भने, उसको अमिलोपन
जिउनार गर्न सकिन्छ 
यहाँ बासनामा अत्तर, स्वादमा सक्खर, सबैको कहाँ हुन्छ?
मिठो चटपटेको, पिरोपनमानि गनगन गर्न मिल्छ
अलिकति स्वार्थिपन मायामा, जसको पनि हुन्छ
तर तेइ अलिकतिलाई zoom in गरि, संसार मान्न मिल्छ 
जो कोहीलाई घृणा कसरि गर्न सकिन्छ त?
कसैलाई घृणा गर्नु छ भने, आफैलाई मायाको
खानि सम्झिन सकिन्छ
कसैलाई घृणा गर्नु छ भने, दिने मायालाई
लगानी सम्झिन सकिन्छ 
नउठ्ने उधारो लगानीले, सबैलाई दानव देखाउंछ
अनि आफैलाई मात्र निरिह, सच्चा मानव देखाउंछ
तारालाई पनि टाडा भैदेकोमा आँखा तर्न सकिन्छ
भ्रम नै सहि यसरि सबैलाई घृणा गर्न सकिन्छ 
घृणा गर्नु छ भने , गुलाबको काँडामा बिलौना गर्न सकिन्छ
घृणा गर्नु छ भने, कसैले हानेको फुललेनै मर्न सकिन्छ 
तर माया चाहिं कसरी गर्ने होला?
सायाद माया चाहिं आफै हुन्छ wink emoticon

#‎day5‬ prompt: hate poem to the one you love

‪#‎eleven11poetrychallenge‬ ‪#‎day5‬
prompt: hate poem to the one you love 
म फल बनेर झुप्पुक्क
तिम्रै लागि नुगे पनि,
म दोबाटोमा थुपुक्क
तिम्रै लागि रुंगे पनि, 
तिमीलाई प्रेम छ त भोक संग,
मेरो फल हो तिम्रो कामको,
म मा नजर तिम्रो परे पनि,
कि त्यो कामको कि दामको। 
हो म तिमीलाई माया गर्छु,
तर तिमीले म प्रति गर्ने आश,
भर्ने प्याश, म मा खोज्ने भर,
मेरो प्रयोग, जहाँ एक रत्ति माया छैन.
म त्यसलाई घृणा गर्छु।
अत तिमीलाई घृणा गर्छु।
----------------------------------------
म बफादार बनेर,
तिम्रै इशारामा नाच्या हैन,
मैले तिम्ले देको एकगांशको लागि
तिम्रो बारी जोत्या हैन,
यो त माया हो,
नत्र, हिसाब गर ,
मलाई दियेउ कि मैले दिएँ,
किनकि तिम्ले खाने अन्न उब्जाउने माटो
म खन्थे,
मैले आफ्नो पेट, आफै पालेको छु,
अनि तिम्रो पनि
हो म तिमीलाई माया गर्छु
तर तिमीले म प्रति गर्ने आश,
भर्ने प्याश, म मा खोज्ने भर,
मेरो प्रयोग, जहाँ एक रत्ति माया छैन.
म त्यसलाई घृणा गर्छु
अत तिमीलाई घृणा गर्छु
--------------------------------
जब मुखले बोल्न पर्ने हुन्छ,
तिम्रो प्रेम अपार हुन्छ।
जब ढकले तोल्न पर्ने हुन्छ,
तिम्रो प्रेम फरार हुन्छ ।
तर म प्रेम गरिरहन्छु
तिमि त्यसले आफ्नो
स्वार्थको पोको भर्दै गर,
तर म प्रेम गरिरहन्छु
त्यसले तिमि चाहे
माथि माथि सर्दै गर
म नदेखे झैं गर्न चाहान्छु
मेरो मुटुको घाउ, तिमि कसरि नदेखे झैं गर्थेउ
म बिर्सिन चाहान्छु,
कसरि प्यांशले मेरो गला सुक्दा,
तिमि पिउने पानिले माटो पखेल्थेउ ।
तर म बिस्वास गर्न चाहान्छु,
तिमीले मलाई दिने ति काँडाहरु, एकदिन फुल बन्ने छन।
तिमीले दिने गरेका ढुंगा हरु फुटेर,
एकदिन त्यहाँ बाट कटन क्यान्डी निक्लिंछ्न भनेर। 
अनि म मेरो मुर्खतालाइ घृणा गर्छु,
तिमीलाई एकोहोरो गरिरहने माया लाइ घृणा गर्छु,
म तिमीलाई घृणा गर्छु,
अनि माया पनि। 
सायाद माया र घृणा विपरीतार्थक हैन,
माया र घृणा को बेग्ला बेग्लै स्थान छ,
सायाद जब म आफ्नो लागि सोच्छु,
तिमीलाई घृणा गर्छु।
सायद जब म आफैलाई बिर्सिन्छु,
तिमीलाई माया गर्छु।

#‎day6‬ prompt "किन" को जवाफमा एउटा कविता

‪#‎eleven11poetrychallenge‬ ‪#‎day6‬ prompt "किन" को जवाफमा एउटा कविता 
किनकि
खुसि, प्राप्तिमा
सन्तुस्टी, त्रिप्तिमा 
------------------------------------------------
किनकि मैले बिचार नगरेको मेरो खुसि,
अरुले पाउन चाहेको उचाइमा
मैले नसुन्ने आवाजले,
त्यो उचाइबाट हरेक रात दुखिहरु चिचाउँछन्,
या म सुन्नै चाहन्न 
किनकि बच्चैमा बाटो छाल्लिदा,
र अकस्मात आमाको पछेउरि समाउँदा
आएको खुसि जस्तो खुसि,
फेरि अरु कुनै चिज पाउँदा पनि महसुस गर्न सकिन,
किनकि
सायद म खुसि नै छु,
महसुस त तब भएको थियो जब गुमाएर पाएको थिएँ,
त्यसैले दुखि
--------------------------------------------------------------
किनकि
तिर्खा पानीको,
म लाममा नूनको,
किनकि यहाँ लाम छ,
किनकि पानि सहजै पाइन्छ,
मेरो बिस्वासमा तृप्ति असहज छ,
किनकि मैले मनन नगरी रटें
किनकि मैले चिन्तन नगरी अपनाएँ
किनकि मैले आँखा चिम्लेर घुटुक्क पिएँ
किनकि मैले बिस्वास गरें, तर बिस्लेसन गरिन
त्यसैले असन्तोष..

Prompt : being compelled to hurt someone. (उनको सपना- poem later titled by a friend)

‪#‎eleven11poetrychallenge‬ ‪#‎day7‬ Prompt : being compelled to hurt someone.
म गर्वैमा छँदा, तिमीले बुनेका सुइटर
म गर्वैमा छँदा, तिमीले बुनेका सपना
ति दुवै मलाई ठिक भएनन्, 
त्यसैले मैले नलगाउने निर्णय गरें ।
नदुखाउ मन,
तर त्यो सुइटर मेरा गलामा कस्सिन्छन् ।
नदुखाउ मन,
तर त्यो सपना मेरो पाउमा अल्झिन्छन् ।
बरु नापेर फेरि बुनिदेउ त्यो सुइटर,
मेरो सरिरको नपाइ संगै ।
बरु बुझेर फेरि देखिदेउ त्यो सपना,
मेरो चाहना अनुशारको ।
तिमीले सुर्य जन्माउने सपना देखेकी थियौ रे,
तर यो के जन्म्यो?
मेरो हात जाँहा लम्कन्छन्,
त्याँहा अधेरा निशा देखिन्छन्।
रात छिप्पिएपछि बुज्नेछेउ,
जब मेरा खोंच खोंच मा तारा चम्किनेछ्न्,
कि तिमीले अंतरिक्छ्य जन्माएकी थियेउ।
जसलाई सुर्यको नापमा बुनेको सुइटर ठिक हुन्न थियो,
जसलाई तिमीले देखेको सपना ले ढाक्न सक्दैन थियो,
त्यो दिन तिमि खुसि हुनेछेउ, 
तर अहिले दुखिरहेको तिम्रो मनमा,
म मलम गर्न सक्दिन ।

Prompt: Erasure poetry from book prarambhik yog.

‪#‎11elevenpoetrychallange‬ ‪#‎day8‬
Erasure poetry from book prarambhik yog.
उनी थिये, उनको सपना।
तर त्यो सपनालाइ रोग लाग्यो।
समय यो बिक्यो, रोकिन मानेन
छेक्ने कुनै व्यवदान रहेन।
उनको नाम उनी सङ्ग रहेन ।।

prompt: नशामा भएको बेला

#‎eleven11poetrychallenge‬ ‪#‎day9‬
prompt: नशामा भएको बेला
भन्नेले भन्थे, नशामा पर्दा
ढुंगा पनि बोल्दछ 
भन्नेले भन्थे, नशामा पर्दा
रहस्य सब खुल्दछ 
आफै लाइ हेरेर टोलाइरहने मेरो मन
नशामा झन् बिलायो
अनि रहस्य मनको झन् लुकेर कहाँ
ओंठलाइ सिलायो 
भन्नेले भन्थे, नशाले भिछोडको
सब कुरा बिर्साउँछ
भन्नेले भन्थे, नशामा पर्दा
मनको घाउ सेलाउँछ 
तर आँखै अगाडी देखें, मेरो खुसि
टाडा गैरहेको
तर आँखै अगाडी देखें, आफ्नै घाउ
गाडा भैरहेको 
भन्नेले भन्थे नशामा पुगेसी,
के सर्म, के लाज
भन्नेले भन्थे नशामा पुग्दा
फिका हुन् सब कामकाज 
तर लाग्यो सर्माउने हरुका लागि
बौलाउने बहाना हो
नशा त सिर्फ, नशाको नाममा
मन पोख्ने चाहना हो

prompt: फेसबुकको कबर तस्बिर पछाडिको कहानीमा कविता

‪#‎eleven11poetrychallenge‬ ‪#‎day10‬
prompt: फेसबुकको कबर तस्बिर पछाडिको कहानीमा कविता
म सुन्दै थिएँ,
उ भन्दै थियो,
ति मुस्कुराउँदै थिए। 
यहाँ गफगाफ चल्दै थियो,
मौनताको बारे।
सुन्दरता बर्णन हुदै थियो,
कुरूपताको बारे।
यो भेला थियो,
पागलहरुको।
निस्फिक्री उडिहिड्ने,
बादलहरुको। 
मौनता टक्राएर गज्रन,
गर्दै थियो।
कुरुपता चम्किएर सुन्दरता,
देखाउंदै थियो। 
हामि "अहिले" मा थियौं ।
म सुन्दै थिएँ,
उ भन्दै थियो,
ति मुस्कुराउँदै थिए,
हामि पग्लिदै थियौं ।
हामि रुज्दै थियौं ।
र एकअर्कालाई, रुझाउँदै थियौं ।

prompt: बाल्यकालको कुनै एउटा वस्तुसित सम्वन्धित यादहरु

म संग कुनै बस्तु छैनन् सेश,
छन् त यी केश, 
जुन बच्चै छदा अलि बढी घुन्ग्रियेका थिए ।
हुन त यो त्यो केश पनि हैन,
जसको बनावट स्वरुप नाम पाएको थिएँ,
"मुसु मुन्द्रे" मुसा जस्तो अनि कपाल मुन्द्रा जस्तो ।
घरको कुना काप्चा खोज्न थालें,
भेटिन कुनै बस्तु यहाँ,
किनकि यो घर पनि त नया।
यो हैन साँछि मेरो बालापनको,
त्यो पुरानो घर त कहाँ कहाँ ....
साँछि छन् त बाबु आमा,
तर ति होइनन बस्तु ।
म संग छैनन् बस्तु यहाँ,
जुन येति पुराना कि,
मलाई मेरो बालापनमा लैजाउन।
छन् त यी नयन,
जसले आफैलाई ऐनामा तन्किदै गरेको देखेको छु।
अनि यी चर्म उस्तै गहुँगोरो,
अनि यो सिंगो सरिर जसले मलाई बोकिरहेको,
तर हैनन् यी तिनै बस्तु,
किनकि मेरा हर कोशिकाले काँचुली फेरिसके,
यहाँ सम्म कि मेरो सोचले पनि.
भावना उही भए पनि लुक्न जानी सके,
अनि आँशु उही भए पनि जम्न जानी सके। 
म संग छैनन् कुनै बस्तु सेस,
मात्र यी केश.
हुन त यो, त्यो केश पनि हैन,
अनि हुन त म ,त्यो बालापनको मान्छे पनि हैन।
र त्यसैले कुनै बस्तुहरु अझै भैदिएका भएपनि
ति मेरा हुन्थेनन्।
त्यसैले ति संग जोडिएका याद मेरा हुन्थेनन् ।।

मनको गुफा

सुन्यता यस्तो कि , तप्प चुइने एकथोपा पानीले पनि 
ढुंगा खसे जस्तो आवाज।
अन्धकार यस्तो कि, अन्धकारलाई नै तर्साउन 
प्रेत बसे जस्तो आभास। 
चमेराहरु चंचल, तिनका ultrasonic आवाज,
त्यो धोनी जुन मैले महसुस गर्छु,
तर कसैको कानले सुन्दैन।
सुन्न आयोकी कोहि भन्ने ठानेर ...
यो मैले कसको अघि द्वार खोलेछु?
लाग्छ यसले गुफा जस्तो मेरो मनमा,
तोड फोड गर्ने छ,
झ्याल नै झ्याल निकाल्ने छ,
उज्यालो , चकमन्न यति कि,
मेरो आँखै खाने छ।
म भित्र बास गर्ने डर्रका चमेराहरु,
अन्धकार कतै नपाएर,
रंगीबिरंगी मयुर बन्नेछन्
र पंख फिजाई नाच्न थाल्नेछन ।

Wednesday, January 27, 2016

म हुँ

कुन ढक राखेर तौलिदैछौ मलाई?
कुन मोलमा मौलिदैछौ?
मेरो मुस्कानलाई किन तिमि
कुनै अर्थमा लिदैछौ?

मेरो कुन आभेष हुँ र म?
मनको कुन आवेग हुँ ?
मेरो कुन बेलाको बचनले म
तिम्रो बैचारिक साभार हुँ?

कुन मुर्ति संग मिलाउदैछौ मलाई ?
कुन धर्म संग सिलाउदैछौ?
प्याला भनेर आफुलाई यस्तो,
कुन बिष पिलाउदैछौ ?

मेरो क्रियाकलापमा किन यौटा
डाचा खोजिरहेछौ ?
मलाई अशल भनि, हुने पर्ने
बाद्यता दियिरहेछौ

कुन दिन जुराई तिमीले मेरो
के नाम राख्न पुगेउ ?
कहिले शीत, कहिले ताप,
कहिले घाम राख्न पुगेउ

कुन हावामा कोर्दैछौ तिमि
मेरो परिवर्तन्सिल चित्र ?
म होइन तिम्रो नशाको तरङ्ग,
म हुन्न बिचार भित्र

म को हुँ र? केवल हुँ
मेरो के परिचय दिन्छौ?
मैले चिन्न नसकेको मलाई,
तिमीले कसरि चिन्छौ?

Wednesday, January 20, 2016

सम्झिरहन्छु

सम्झिरहन्छु
जसरि खोलि बगेका धर्षाहरु,
माटोले आफ्नो हृदयमा छाप्छ।
ताकि खोलि सुकिसक्दा पनि,
धर्सा त्यहीं  रहिरहन्छ।
उ हुदै जाने मुसाफिरले भन्न सक्छ,
कुनैदिन यहाँ नदि थियो ।।

सम्झिरहन्छु
जसरि आकाशले,
लाखौँ प्रकाशवर्ष पहिले खसेका ताराहरुलाई,
जिवन्त बनाइ अझै आफैमा चम्काईरहन्छ।
देखाईरहन्छ कुनैदिन,
ति उसकै अंगालोमा थिए।।

सम्झिरहन्छु
जसरि नवजोडि पंछिले,
बसाईं सराइको ऋतु सम्झिन्छ।
जसरि गौंथलीले बर्सौं पछि पनि ,
आफ्नो गूंड बिर्सिन्न।
जसरि फुलले आफ्नो ऋतुलाई चिनेर,
स्पर्स गर्न फुल्छ।।

सम्झिरहन्छु
जसरि पत्रे चट्टानले,
जीव लाइ जिवाश्म बनाइ,
आफै भित्र समाहित गरे जस्तो।
बर्षाले बर्सिन नबिर्से जस्तो।
इन्द्रेनिले रंगीन सम्झे जस्तो।।

सम्झिरहन्छु
जस्तोकि सम्झिनु स्वांश फेर्नु जस्तो ।

Saturday, January 2, 2016

सक्ने भाको भए

सक्ने भाको भए म चप्पल हैन, ढुंगालाई कपाश बनाइदिन्थे
सक्ने भाको भए म लुगा हैन,  लाज लाइ नै भगाइदिन्थे

म लाभा बनेर हिम भुमि बाट निक्लिन्थे
गज्रदो मेग बनेर डडेलो हरु निभाइदिन्थे

सक्ने भाको भए म आवेगलाई धैरताको मुकुट लगाइदिन्थे
सक्ने भाको भए म ढुंगालाई सुमनको नरमता दिन्थे

म त्यो आकशको गज्रदो मेघलाइ कुनै संगीतको background दिन्थे
अनि बिजुलीको चमकलाई इन्द्रेणीको रंग पहिराइदिन्थे

सक्ने भाको भए म सुर्यको तेजिलो प्रकाशलाई लज्जाको अनुभूति दिन्थें
अनि लज्जाले सिर नुगाएर बसेकी फलरहित रुखलाई गर्वको अनुभूति दिन्थें

यो घ्रिदित हिलोमा लत्पतिएका असुद्दिलाई म कमलको फुल बनाइदिन्थे
कालो दागको डरले चुनमा लात्पतिने मनलाई म हीरा बनाइदिन्थे

सक्ने भाको भए म आत्मा ग्लानिलाई मिठो सम्जनामा परिवर्तन गरिदिन्थें
सक्ने भाको भए म मौनतालाई साधनामय गुञ्जन दिन्थें

तर दुर्भाग्यबस म केहि गर्न सक्दिन
यहाँ सम्म कि  जमिन भासिदा भाग्न सक्दिन
यहाँ सम्म कि आफु माथि बर्सिने ढुंगा सम्म छेक्न सक्दिन
अनि सायद सिक्नुपर्नेनै भएकोले होला
परिस्थितिले यस्तै यस्तै पाठशालामा मेरो दाखिला गराउछ
अनि यहाँ सम्म कि म उतिर्ण गर्न पनि सक्दिन

सक्ने भाको भए म के के गर्थे होला
तर धन्न कविता चाहि लेख्न सक्छु


Disqus Shortname

Comments system